नवागन्तुक प्रहरी निरीक्षकको स्वागत : बुर्तिवाङ अब मेरो आफ्नो घर – प्रनि यादव

लोकेन्द्र निरासी, बुर्तिबाङ, २०७५ जेठ ३१ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा नवागत प्रहरी निरीक्षक ओम प्रकाश यादवलाई स्वागत गरिएको छ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङको आयोजनामा सम्पन्न परिचयात्मक कार्यक्रममा उपस्थित संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले निरीक्षक यादवलाई सफल कार्यकालको शुभकामना सहित स्वागत
गरेका छन् ।

अनौपचारिक रुपमा सम्पन्न उक्त परिचयात्मक कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापा, विभिन्न वडाका वडा प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न व्यावसायका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख देव कुमार नेपाली, एकीकृत सेवा केन्द्रका जनक थापा लगायतले प्रहरी निरीक्षक यादवलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक यादवले आफू बुर्तिबाङ क्षेत्रमा सेवा गर्न आउन पाएकोमा खुसी रहेको उल्लेख गर्दै स्थानीय जनतासंग सहकार्य र हातेमालो गर्दै अगाडि बढ्ने बताए । उनले राज्यले दिएको जिम्मेवारी र आफ्नो कार्यमा निरन्तर सहयोग गर्न समेत स्थानीयलाई आग्रह गरे । सभ्य समाज निमार्णका लागि लागुपदार्थको सेवन र दुव्र्यसन, जुवातास, महिला हिंसा वन्यजन्तु र जडीबुटीको अबैध चोरी निकासी र पैठारी, साइबर क्राइम जस्ता पक्षहरुलाई अन्त्य गर्नुपर्नेमा उनको जोड थियो ।

निरीक्षक यादबले समाजमा गुण्डागर्दी गरी आतंक मच्चाउनेहरुको अव पालो गएको भन्दै शान्ति सुरक्षा र सुशासन स्थापनाका लागि आफू कटिबद्ध भएर लाग्ने र त्यसमा सबैसंग हातेमालो गर्ने बताए ।

कार्यक्षेत्रको हिसाबले बुर्तिबाङ अब आफ्नो घर भएको र यहाँका सबै जनता दाजुभाई भएकाले सबैसंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दै उनले सकारात्मक सुझाव सल्लाह र सहयोगका लागि सबैलाई आग्रह समेत गरे ।

प्रहरी निरीक्षक यादव कपिलबस्तुबाट सरुवा भएर हिँजो बुर्तिवाङ आईपुगेका हुन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *