Menu

ताराखोलाको अर्गलमा जीप दुर्घटना : २ जनाको घटनास्थलमै मृत्य, २ जना गम्भीर !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ जेठ ३१ । ताराखोलाको अर्गलमा आज पिकअप गाडि दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

काँक्राखोर देखि अर्गल भातखाने डाडाँ जादै गरेको ग १ ज ६०३४ नम्बरको गाडि करिब साढे १२ बजेको समयमा दुर्घटना हुदाँ चालक सहित सवार ४ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानिय भक्त बहादुर पुनले बताए ।

घाईते दुई जनाको अवस्था गम्भिर रहेको पुनको भनाई छ । ईलाका प्रहरी कार्यालय हरिचौर र ईलाका प्रहरी कार्यालय ताराखोलाको टोली घटना स्थलतर्फ जादै गरेको बताईएको छ ।

मृत्यु हुनेहरुमा ताराखोला गाउपालिका ३ अन्दाजि बर्ष २४ का हेमन्त घिमिरे, सोहि वाडका अन्दाजि बर्ष ५५ का हरिराम गिरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ताराखोलाले जनाएको छ । त्यस्तै ताराखोला गाउपालिका वाड नम्बर ३ कै चालक तथा गाडीधनी डम्बर बहादुर घिमिरे र अन्दाजि ४२ बर्षिय कर्ण बहादुर भण्डारी गम्भिर घाईते भएको प्रहरी कार्यालयले जनाएको छ । गम्भिर घाईते दुई जनालाई पिकअप गाडिमा राखि हटिया ल्याउदै गरिएको छ । गाडि मोटरबाटो देखि करिब ५/६ सय मिटर तल खरेको स्थानियको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *