Menu

फल्लेघरमा भएको जीप दुर्घटना र वर्षाबाट भएको क्षती प्रति राजमोव्दारा दु:ख व्यक्त !

बागलुङ २०७५ जेठ ३० । राष्ट्रिय जनमोर्चाले आज एक विज्ञप्ती प्रकाशित गरी हिँजो बुर्तिवाङबाट ढोरपाटन तर्फ गैरहेको जीप फल्लेघरको उकालोमा भएको दुर्घटना प्रति गहिरो दु:ख व्यक्त गर्दै दुर्घटनामा परेका ढोरपाटन- ६ गादीखोलाका १६ जना सामाजिक व्यक्तित्वहरुको शीघ्र स्वास्थ्यको कामना गरेको छ ।

विज्ञप्तीमा त्यस क्षेत्रको स्थानीय समस्यालाई लिएर ढोरपाटन स्थित हनुमानध्वज गुल्मका गुल्मपति मेजर अमरजंग थापाको निमन्त्रणामा छलफल गर्न हिँडेका उनिहरु दुर्घटनामा घाईते भएको उल्लेख छ । तर के स्थानीय समस्याको छलफल गर्न गुल्मपति मेजर थापाको निमन्त्रणामा उनिहरु ढोरपाटन हिँडेका हुन त्यसबारे कुनै कुरा उल्लेख गरिएको छैन ।

विज्ञप्ती गत जेठ २८ गते परेको अविरल वर्षाका कारण जिल्लाको विभिन्न भूभागहरुको क्षेती प्रति गहिरो दुख व्यक्त समेत गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *