पाण्डवखानी रिमुवामा भीरमौरीको मह काढेर पाहुनाहरुलाई खुवाउने पुरानो प्रचलन !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ जेठ ३० । नेपालमा पहिलेदेखि चलिआएका केही यस्ता लोपोन्मुख परम्परा छन् जुन निकै आश्चर्यजनक र जोखिमपूर्ण छन् । यस्तै एउटा परम्परा गल्कोटको पाण्डवखानीको रमुवामा प्रचलित छ जसलाई “भीर मौरीको मह शिकार” भन्ने गरिन्छ । रमुवा गाउँको यो परम्परा बर्र्षौ अघिदेखि नै प्रचलनमा छ । वरिपरी घनघोर जङ्गल रहेको गल्कोट नगरपालिका १० पाण्डवखानी रमुवा अधिकांश मगर समुदायका मानिसहरू बसोबास गर्छन । त्यहाँका मानिसहरु वर्षमा दुइ, चार पटक नजिकैका भीरहरूमा मह काढ्न जाने गदर्छन ।

गल्कोट नगरपालिकाको दुर्गम ठाउमा पर्ने रमुवामा सहज तरिकाले आवतजावत गर्न मिल्ने गरि मोटरबाटो निर्माण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सजिलो हुने वडाध्यक्ष तिलक घर्तिले ईबागलुङलाई बताए । रमुवामा अधिकांश पहाडी क्षेत्र भएका कारण भीरमौरी धेरै पाईने घर्तीको भनाई छ ।

रमुवामा बिभिन्न क्लबहरुले आयोजना गर्ने कार्यक्रमहरुमा समेत भीर मौरिको मह काढेर खुवाउने चलन रहेको वडा सदस्य रामप्रसाद बिकले बताए । रमुवाको अधिकांश बन क्षेत्रमा भीर मौरी सजिलै पाउन सकिने बिकको भनाईछ ।

हामीले समय समयमा रमुवा आउने पर्यटकहरुलाई मह चखाउने गरेका छौ बिकले भने यसले आन्तरिक पर्यटक भित्रिने क्रम बढिरहेको छ । उक्त गाउका बुढापाका देखि युवाहरुले समेत मह काढ्न पोख्त छन । यो मह काढ्ने प्रक्रिया निकै कलात्मक देखिन्छ । यसमा केही शिकारीहरू मौरी भगाउन भिरको फेदबाट आगो बाल्न थाल्छन् जसले गर्दा धुवाँको मुस्लोमाथि मौरीको घारसम्म पुग्छ । अरू केही शिकारी भीरको माथि पट्टि डोरी र सिँढी कस्न थाल्छन, त्यसपछि एकजना शिकारी माथिबाट त्यो डोरी र सिँढी प्रयोग गरेर मौरीको घार भएको ठाउँमा पुग्छन् र मह काढ्न थाल्छन् । यो काम गर्न लगभग १६ जना शिकारी र पूरै १० घण्टा समय लाग्ने गर्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *