Menu

गल्कोट रिघामा घुम्ती शिविर : सुस्त:मनस्थितिकी महिलालाई नागरिता प्रदान गर्दा सबैका आँखा रसाए !

गल्कोट २०७५ जेठ ३० । जिल्ला प्रशासन कार्यालय, बागलुङको आयोजना र गल्कोट नगरपालिकाको समन्वयमा गल्कोट नगरपालिका ११ रिघा गाउँटोलमा एकीकृत घुम्ती सेवा शिविर सुरु भएको छ । शिविरमा सहभागी हुन प्रजिअ बेदप्रसाद खरेल सहितको टोली हिँजो नै शिविर स्थलमा पुगेको थियो ।

एकीकृत घुम्ती सेवा शिविरको गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले व्यानर वाचन गरेर उद्घाटन गरेका थिए भने नागरिकताको प्रमाण पत्र नगर प्रमुख गैरे र प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले संयुक्तरुपमा स्थानीय अपांगता एवं सुस्तमनस्थितिकी महिला मायाँ शर्मालाई प्रदान गरिएको थियो । सुस्त मनस्थितिकी मायाँ शर्मालाई नागरिकताको प्रमाणपत्र प्रदान गरिरहँदा त्यहाँ उपस्थित सबै भावुक भएका थिए भने गल्कोट नगरपालिका उपप्रमुख रेणुका काउचा मगरको आँखा रसाएका थिए ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्र पन्तले दिएको जानकारी अनुसार हाल सम्म ४९ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिसकिएको छ भने अपांगताको प्रमाण पत्र ४ जनालाई दिई सकिएको छ । वितरण कार्य जारी रहेको छ ।

गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका डा दिपेन्द्र प्रधानले अपांगता भएकाहरुको स्वास्थ्य परीक्षण गरिरहेको जिल्ला प्रशासन कायालयका कर्मचारी अर्जुन ढकालले बताए । एकीकृत घुम्ती सेवा शिविरमा सेवाग्राहरुको उल्लेखनी उपस्थितिले शिविरको माहौल निकै उत्साहप्रद रहेको बताईएको छ ।

शिविर उद्घाटन समारोहको अध्यक्षता गल्कोट नगरपालिका-११ रिघाका अध्यक्ष डम्मर बहादुर श्रीसको रहेको थियो भने प्रमुख जिल्ला अधिकारी खरेल, गल्कोट नगरपालिकाका नगरप्रमुख गैरे, उपप्रमुख काउचा, प्रमुख कार्यकारी अधिकृत कृष्ण राज गौतम, जिल्ला समन्वय समिति बागलुङकी सदस्य रुपा बिम, गल्कोट प्राथमिक स्वाथ्य केन्द्रका डा प्रधान लगायतको आतिथ्यता रहको थियो । कार्यक्रमको सन्चालन प्रशासकीय अधिकृत पन्तले गरेका छन् ।

जारी रहेको घुम्ती शिविरलाई लिएर गनपा उपप्रमुख रेणुका काउचा मगरले आफ्नो फेसबुक वालमा यसरी पोष्ट गरेकी छिन्-

प्रमुख जिल्ला अधिकारी खरेल शिविर स्थलमा पुग्दा स्थानीय महिला समूहहरुले भजनकीर्तन सहित फुलमाला अबीरले भव्य स्वागत गरेका थिए ।महिलाहरुले आफ्नै गाउँघरका व्यक्तिलाई प्रजिअको रुपमा स्वागत गर्न पाउदा निकै खुशीलागेको बताए ।

नवागत प्रमुख जिल्ला अधिकारी खरेल जिल्लामा बहाली गरेको केहि दिनमै जिल्लाको पश्चिममा रहेको तमानखोला गाउँपालिकाको बोँगादोपानमा गत जेठ २१ गते एकीकृत घुम्ती शिविरको आयोजना गरिएको थियो भने आजको शिविर दोश्रो हो, यस लगत्तै भालि हटियामा घुम्ती शिविरको आयोजना गरिने श्रोतले बतायो ।

तस्वीर सौजन्य: गनपा उपप्रमु रेणुका काउचा मगर ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *