अरबिडोल/उमिफेनोविर नामक औषधिले जीका बिरुद्ध प्रवावकरी काम गर्छ भन्ने पुष्टी !

अमरिका २०७५ जेठ ३० । नेपाली बैज्ञानिक संलग्न टोलीले जीका भाईरसको औषधि पत्ता लगाएको छ। अहिले सम्म औषधि र भ्याकसिन नभएको र संसारमा व्यापक रुपमा फैलिएर हंगामा मच्चाइराखेको जीका बिरुद्ध प्रभावकारी हुने औषधि नेपाली बैज्ञानिक (डा. सुदिप खड्का) संलग्न टोलिले पत्ता लगाएको हो।

अरबिडोल/ Arbidol (उमिफेनोविर) Umifenovir) नामक औसधिले जीका बिरुद्ध प्रवावकरी काम गर्छ भन्ने पुस्टि गरेको सोधपत्र बिश्वोको सबैभन्दा प्रतिष्ठित मानिने “नेचर (Nature)” जर्नलको Scientific Reports मा १२ जुन २०१८ मा प्रकाशित भएको छ।

यो औषधिको पुनर्प्रयोग तथा पुनर्प्रायोजनको निमित्त अनुसन्धान गर्दा अमेरिकाको वाशिंगटन विश्वविद्यालय (डा. स्टेफेन पोल्यक ल्याब) र जर्जिया स्टेट बिश्वबिध्यालय (डा. क्रिस्टोफर व्यस्लेर ल्याब) मा अनुसन्धानरत १० बैज्ञानिकको टोलिलाई यो सफलता मिलेको हो।

औषधि केहि मुलुकहरुमा फ्लु तथा इन्फ्लुअन्जा को उपचार को निमित्त प्रयोगमा आइ सकेको छ। पहिले नै यो औसधि को असर हरु बारेमा अनुसन्धान भएको हुनाले यो औषधिलाई चाडै नै जीका प्रभाभित छेत्रहरुमा पुराउन सकिने बिश्वास छ।

जीका लामखुट्टे पाइने स्थानहरुमा व्यापक रुपमा फैलिएको बिमारी हो। यो भाईरस यौन सम्पर्कको मध्यम बाट पनि सर्छ। जीकाले गर्भमा रहेको भ्रुणको स्नायुको बिकाशमा अबरोध पुराउछ र साथै गर्भपतनको जोखिम पनि बढाऊछ । गर्भवती हुने उमेरका महिला तथा शिशु र बृधद्धहरुमा यसको जोखिम धेरै हुन्छ। नेपाल पनि जीका फैलिने खतरा भएको क्षेत्रमा पर्दछ। नेपालको बागलुङ स्थाई ठेगाना भएका डा। खड्का संलग्न अर्को समूहलाई केहि समय अगाडी इबोला बिरुद्ध औषधि पत्ता लगाउन सफलता मिलेको थियो। ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *