Menu

बुर्तिवाङबाट ढोरपाटन जाँदै गरेको जीप दुर्घटना, ४ जना घाईतेको बुर्तिवाङ स्वास्थ्य केन्द्रमा उपचार हुँदै !

डम्मर बुढा मगर, बुर्तिबाङ, २०७५ जेठ २९ । बुर्तिवाङबाट ढोरपाटन जाँदै गरेको लु १ ज ३४६७ नम्बरको जिप ढोरपाटन नगरपालिका ९ फल्लेघर भन्ने स्थानमा दुर्घटना भएको छ । दुर्घटनामा चार जना घाईते भएका छन् । घाईतेहरुको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र उपचार भैरहेको प्रहरीले

प्रहरीका अनुसार गाडीमा १६ जना यात्रु सवार थिए । घाईते हुनेहरुमा ढोरपाटन नगरपालिकाका ६ का ३० वर्षिय देवेन्द्र घर्तीमगर, एै की ५२ वर्षिय तुलसी घर्ती, ऐ कै ४० वर्षीया निमकुमारी भण्डारी र ३३ वर्षीया विष्णुमाया भण्डारी रहेका छन् ।

अपठ्यारो ओरालो र जीपमा यात्रु बढी भएको हुँदा दुर्घटाना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *