वडास्तरिय शैक्षिक ब्यबस्थापन एबं गुणस्तर अबिबृद्धि सम्बन्धी अन्तरकृया सम्पन्न !

पूर्णभद्र निउरे, ताराखोला २०७५ जेठ २९ । नेपाल मा बि ताराखोला स्रोत केन्द्रको आयोजना र ताराखोला गाउँपालिकाको ब्यबस्थापनमा वडास्तरिय शैक्षिक ब्यबस्थापन एबं गुणस्तर अबिबृद्धि सम्बन्धी शैक्षिक अन्तरक्रिया कार्यक्रम आज ताराखोलामा सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीले चालु आ ब मा शिक्षा क्षेत्रलाई प्राथमिकता का साथ बजेट बिनियोजन गरिएको र आगामी बर्ष को नीति तथा कार्यक्रम मा पनि शिक्षा क्षेत्र का समस्या समाधान गर्ने तरिका ले बजेट बिनियोजन गरिने बताए।
शिक्षक अभिभावक र बिद्यार्थीको सुमधुर सम्बन्ध बाट मात्र गुणस्तरिय शिक्षाको परिकल्पना हुने भन्दै अध्यक्ष घर्तीले त्यतातिर ध्यान दिन आग्रह समेत गरे।

ताराखोला गाउपालिकाको आगामी नीति तथा कार्यक्रम मा शिक्षा क्षेत्रमा गुणस्तर अभिबृद्धिका संचालन गर्न सकिने क्रियाकलापका बारेमा छलफल गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । अन्तरक्रिया कार्यक्रम मा सामुदायिक बिद्यालयका बिध्यमान समस्या हरु , गुणस्तर अभिबृद्धिका लागि गाउँपालिका बाट गरिएको अपेक्षा , र आगामी बर्ष को नीति तथा कार्यक्रम मा शिक्षा क्षेत्र को कार्यक्रम मा समाबेश गर्नु पर्ने कार्यक्रम हरुका बारेमा व्यापक छलफल गरिएको थियो ।

कार्यक्रममा ताराखोला गाउँपालिका को वडा न ४ र ५ का जनप्रतिनिधि ८ बिद्यालय का प्रधानाध्यापक , बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र महिला सदस्य साथै शिक्षक अभिभाबक संघका अध्यक्षहरु को सहभागिता रहेको थियो ।

कार्यक्रम मा वडा न ४ का अध्यक्ष जित बहादुर खत्री , ५ का अध्यक्ष राम बहादुर रोका नेपाल मा बि तारा का प्र अ थम प्रसाद रोका ,दुर्गा भवानी मा बि का बि ब्य स अध्यक्ष कुल बहादुर रोका लगायत ले मन्तव्य राखेका थिए । कार्य क्रम आयोजना गर्नु को उदेश्य माथी शिक्षा शाखा प्रमुख दिपक सुवेदीले प्रकाश पारेका थिए ।

कार्यक्रम स्रोत केन्द्र ब्यबस्थापन समिति का अध्यक्ष दिबस खत्री को अध्यक्षता र स्रोत ब्यक्ति डिल्ली प्रसाद सर्मा को संचालन मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *