वर्षा सँगै बगेको भेलले राक्सेका चार घर जोखिममा !

कमल पौडेल, खर्बाङ २०७५ जेठ २९ । गएराति परेको अविरल वर्षाको कारण माथिवाट पहिरो सहितको भल पस्दा बडीगाड गाउँपालिका वडा नं. २ राक्सेका ४ घर जोखिममा परेका छन । स्थानिय गोकुल गिरि, युवनाथ घिमिरे लगाएतका घरहरु जोखिममा परेका हुन्।

सो भलले विहान ४ घण्टा सम्म मध्यपहाडी लोकमार्ग समेत अवरुद्ध गरेको थियो। गाउँगाउँमा खनिएका मोटरवाटो र त्यसवाट वग्ने भलले वढि जोखिम निम्त्याएको स्थानिय प्रेमलाल अर्यालले वताए । बडीगाड गाउँपालिकाका अध्यक्ष सहितको टोली डोजर सहित उपस्थित भई सो सडक खुलाइएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *