Menu

ढोरपाटन ५ को नाथुरी गाउँलाई तरकारी गाउँ घोषणा गर्न आग्रह

डम्मर बुढा मगर,बुर्तिबाङ, २०७५ जेठ २८ । ढोरपाटन नगरपालिका–५ नाथुरीका स्थानीयहरु तरकारी खेती प्रति आकर्षित बन्दै गएका छन् । यहाँका स्थानीयहरुले प्रत्येक घरमा टनेल निर्माण गरेर तरकारी खेतीलाई बढवा दिएका छन् ।

उनीहरुले तरकारी खेतीबाटै राम्रो आम्दानी गर्दै आएका स्थानीय यमलाल कँडेलले बताए । उनले यस खेतीबाट बार्षिक २ लाख ५० हजार बढी आम्दानी गर्ने गरेको बताए ।

हरेक वर्ष बर्षाको समयमा २ लाख बन्दा बढी र हिउँदको समयमा करिब ५० हजार जति आम्दानी गर्ने गरेको उनले बताए । स्थानीय सरकारले आफुहरुलाई तरकारी खेती सम्बन्धी तालिम, परामर्श र बिउ बिजनको राम्रो व्यवस्था गरि दिने भए आफुहरुले अझै धेरै आम्दानी गर्न सक्ने बताए ।

विगतका समयदेखि नै आफुहरुले तरकारी खेती गर्दै आए पनि हालसम्म कसैले पनि तालिम परामर्श तथा बिउ बिजनको प्रबन्ध नगरेको गुनासो गर्दै आफुहरुरको माग र आवश्यकतालाई मध्य नजर गदै सम्बन्धित निकायले त्यही किसीमको व्यवस्था गर्दिन आग्रह गरे ।

कँडेलले आफुहरुले उत्पानद गरेको तरकारी बुर्तिबाङ बजारमा बढी भइ अन्य क्षेत्रमा समेत पुराउनु पर्ने स्थिती रहेको बताए । गाउँले नै तरकारी खेतीमा लागेर राम्रो उत्पादन गर्न थाले पछि बुर्तिबाङ बजारमा तरकारी खपत हुन नसकेको बताए ।

बजारमा आफुहरुले उत्पादन गरेको तरकारी भन्दा बुटवल तथा भारतबाट आएको तरकारीको मुल्य कम हुन आउँदा आफुहरुलाई समस्या समेत पर्ने गरेको बताए । त्यस्तै उनले गाउँ मै सडक पुगे पनि समयमै खोलामा मोटरेवल पुल नबन्दा वर्षाको समयमा तरकारी डोकोमा बोकेर बजारसम्म पु¥याउनु पर्ने बाध्यता रहेको गुनासो गरे । आफुहरुलाई सरकारले केही सहयोग गर्ने हो भने यस स्थानका सबै कृषिबाटै आत्म निर्भर बन्ने बताए ।

त्यस्तै अर्की कृषक प्रेमकुमारी गौतमले पनि यही खेतीबाटै बार्षिक रुपमा साढे ३ लाखसम्म आम्दानी गर्ने गरेको बताईन् । हरेक वर्ष आफ्नै बारीबाट ३ लाख कमाउन पाउँदा आफु खुसी भएको बताउँदै स्थानीय निकायले कृषकहरुको लागि केही हदसम्म सहयोग पुराउने भए आफु लगाएत अरुलाई समेत रोजगार दिन सक्ने गौतमले बताईन् ।

कृषकहरुले उत्पादन गरेको तरकारीको सही बजार व्यवस्थापन, कृषि परामर्श, यातायातको राम्रो प्रबन्ध नहुँदा उत्पादन गरेको तरकारी बजारसम्म पु¥याई बेच्न समस्या भएको बताईन् ।

यस स्थानमा गौतम जस्ता तरकारी खेती गर्ने दर्जनौ कृषकहरु छन् । उनीहरुलाई कृषि क्षेत्रमा लाग्न राज्यले केही पहल गर्ने र नाथुरी गाउँलाई नै तरकारी गाउँको रुपमा घोषणा गर्ने हो भने यहाँका स्थानीहरुले तरकारी खेतीबाटै जिविकोपार्जन गर्न सक्छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *