Menu

९ घण्टाको भीषण वर्षाले गल्कोटबासी त्राहिमाम् ….

घनश्याम गौतम, गल्कोट २०७५ जेठ २९ । गल्कोट क्षेत्रमा हिँजो साँझ ४ बजे देखी राति १ बजे सम्म ९ घण्टा परेको भीषण वर्षाले गल्कोटबासीलाई त्राहिमाम बनायो । खोला, नाला, कुला, खोल्सामा पानीको बहाव उच्च भएपछी स्थानीयबासी त्रसित बने । अबिरल वर्षा थामिने संकेत नदेखिएपछी स्थानीयबासी एवं विपत व्यवस्थापनसंग संवन्धित सबै सरोकारवाला निकायहरुलाई सतर्क रहन आग्रह गरियो ।

यो समाचार लेखिरहँदा सम्म भीषण बर्षाबाट कहाँ के कति क्षेती भयो त्यस्को पुख्ता जानकारी प्राप्त भएको छैन । गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले भीषण वर्षा भएको जानकारी दिँदै नोक्सानीको विवरण प्राप्त नभएको ईबागलुङलाई जानकारी दिए ।

गल्कोट नगरपालिका ६ का वडाध्यक्ष नरबहादुर खत्रीले दिएको जानकारी अनुसार कुईरे खोलाबाट बाढी चरौँदी बस्तीमा पसेको छ । उनले भेल पसेपनि कुनै क्षेती नभएको बताए । उनले पार्वती माविको निर्माणाधीन ४ कोठे भवनलाई भलले पुरेको ईबागलुङलाई जानकारी दिए । वडाध्यक्ष खत्रीले रति एक बजेसम्म पानी उत्पात परेको बताउदै अहिले सम्म डरलाग्दो जानकारी नभएको जनाए ।

हरिचौरका समाजसेवी दिनेश खत्रीले हिँजोको वर्षा यस वर्षकै भीषण भएको बताउदै वर्षाले तहस नहस त त्यति पारेन भलबाडीले बाटोघाटो एवं ग्रामिण सडकहरुमा निकै क्षेती पुगेको जानकारी दिए ।

गल्कोट नगरपालिका-९ मल्म बाँसखोलाका अध्यष तेज त्रिलोक बहादुर थापाले हिँजो राति पानी राम्रै संग परेको बताए तर नोक्शानीको कुनै सूचना नभएको जानकारी दिए । उनले भने, आज बल्ल खोला बढेको देखिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *