Menu

निसीखोलामा नेपाल कम्यनिष्ट पार्टी ( (नेकपा) को शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

योगन्द्र विश्वकर्र्मा बुर्तिवाङ २०७५ जेठ २८ । निसीखोला गाउपालिको सिराबाङ्मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओबादी केन्द्रको बिचमा पार्टी एकता भएकोले यो कार्यलाई हार्दिकताका साथ स्वागत गर्दै आज नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा निसीखोलामा रहेका नेकपाका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका लिला बहादुर बुढाको अध्यक्षताबाट सुरु भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु प्रेम घर्ती मगर, भुमिराज घर्ती मगर, रुद्र पौड्यल लगाएतले बोलेका थिए ।

कार्यक्रममा बोल्दै नेता कार्यकर्ताहरुले अब बहुमत सहितको सरकार भएको हुदा स्थीर सरकार हुने र नेपालीले चाहे जस्तो खुसीका दिन आउने भन्दै पार्टी एकता जस्तो एैतिहासिक काम भएकोले यो काम नेपालीको चाहाना अनुरुपको काम गरेको बताए् ।

कार्यक्रम सन्तोष विश्वकर्माको स्वागत मन्तब्य र कुशल बुढामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *