धन गौ ज्योति मावि तमानमा १ दिने किशोरी शिक्षा कार्यक्रम सम्पन्न

योगेन्द्र विश्वकर्मा, ,बुर्तिबाङ २०७५ जेठ २७ । तमानखोला गाउँपालिकाकोे धन गौ ज्योति माद्यमिक बिद्यालयमा एक दिने किशोरी शिक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।

तमानखोलम गाँउपालिकाको आयोजनामा किशोर अबस्थामा प्रबेश गरेका किशोर किशोरीलाई किशोर अबस्थामा आउने शारीरिक परिवर्तन त्यसको असर, किशोर अबस्थामा किशोर किशोरीले देखाउने बानीव्यवहार किशोर अबस्थामा गर्नहुने र नहुने क्रियाकलाप बारेमा जानकारी गराइएको थियो।

कक्षा ६ देखि १० सम्म अध्ययनरत बिद्यार्थीलाई किशोरी शिक्षा सम्बन्धी ज्ञान र त्यस संगै बाल बिबाहाको बिषयमा जानकारी गाराइएको थियो । कार्यमा बिद्यार्थीले आफुमा देखिएको किशोर अबस्थामा आएका परिवर्तन र बालबिबाह सम्बन्धी जिज्ञासा राखेका थिए । कार्यक्रको सहजिकरण समाजिक अभियान्ता कविता राईले गरेकी थिईन् ।

किशोरी शिक्षा सम्बन्धी कार्यक्रम अत्यन्तै प्रभबकारी रहने भएकोले समय समयमा यस्ता कार्यक्रम गर्नु पर्ने भन्दै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने गाउपालिका उपाध्यक्ष मानसरी शेरचनले बताईन् । सो कार्यक्रममा बिद्यालएका शिक्षक बिद्यार्थी लगाएतको उपस्थित रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *