पाण्डबखानीमा १९ औं राष्ट्रिय सरसफाइ सप्ताह र ४५ औं वातावरण दिवस सम्पन्न

सुरेश छन्त्याल, पाण्डबखानी २०७५ जेठ २७ । बागलुङको गल्कोट नगरपालिका १० पाण्डबखानीमा दिगो विकासको आधार स्वच्छ खानेपानी र सरसफाइ युक्त बानी व्यवहार भन्ने मुल नाराका साथ १९ औं राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा आज पाण्डबखानीमा अन्तर आमा समूह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।साथै ४५ औ वातावरण दिवस पनि सम्पन्न भएको छ।

गल्कोट नगरपालिका कार्यालय र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना बागलुङको आयोजनामा भएको कार्यक्रममा वडा १० का सदस्य राम प्रसाद विकको सभापतित्व खानेपानी तथा सरसफाइ तथा स्वच्छता कार्यक्रमका संयोजक दुर्गा छन्त्यालको आतिथ्यता र गौमाया विकको स्वागत मन्तव्य संगै भएको कार्यक्रममा प्लास्टिकजन्य बस्तु नजलाऔं, घरमा प्लास्टिकको प्रयोग कम गरौं भन्दै बगर, नवज्योति प्रावि हुँदै गैराभाटीमा आएर कोण समापन भएको थियो।

अन्तर आमा समूह हाजिर जवाफमा प्रथम बाइगाउ दोस्रो सुनपानी तेस्रो बगर भएका थिए। साथमा सरसफाइ सम्बन्धि चेतना मुलक सांस्कृति गित नृत्य भएको थियो भने कार्यक्रमको संञ्चालन परिचालिका पार्वती श्रीसले गरेकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *