ताराखोलामा गाउपालिकास्तरीय अपांगता सन्जाल गठन, संयोजकमा घर्ती चयन !

ताराखोला, २०७५ जेठ २६ । ताराखोला गाउँपालिकामा गाउपालिकास्तरीय अपांगता सन्जाल गठन गरिएको छ । आज गाउँपालिका कार्यालयमा अध्यक्ष प्रकाश घर्तीमगरको अध्यक्षतामा भएको अपांगता भएका व्यक्तिहरुको बैठकमा भएको छलफल पछि गठन गरिएको ९ सदस्यीय सन्जालको संयोजकमा मनबहादुर घर्ती प्रज्वल, सदस्यहरुमा टेकबहादुर नाईसा, पूर्ण बिक, नेत्रबहादुर क्षेत्री, गोविन्द परियार, सशिधर न्यूरे, बुद्धि कार्की, खेम बहादुर पुन र झकबहादुर पुन रहेका छन् ।

बैठकमा उपाध्यक्ष डिलकुमारी पुन, सबै वडाध्यक्षहरु, प्रशासकीय अधिकृत टोपलाल भुसाल लगायत गाउपालिका भित्र रहेका फरक क्षमता भएका अपांगता भएका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सन्जाल गठन गरिदा साबिक तीनै गाविसबाट प्रतिनिधित्व रहने गरी गठन गरिएको अध्यक्ष घर्तीमगरले जानकारी दिए ।

बैठकले गाउपालिकका सबै वडाहरुमा फरक क्षमता भएका सम्पूर्ण व्यक्तिहरु नछुट्ने गरी पारिबारिक पृष्टभूभि सहित तथ्याङ्क संकलन गर्ने, गाउपालिकाका सबै वडाहरुमा सन्जाल गठन गर्ने प्रकृया अघि बढाउने र गाउपालिका बाट बिनियोजित रकम माथी उल्लेखित कार्य सम्पादनमा खर्च गर्ने निर्णय गरिएको सहकर्मी शिसिर मल्लले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *