हरि माध्यमिक विद्यालय हिलमा छात्रवृत्ति एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न !

सबिता खत्री हिल २०७५ जेठ २५ । हरि माध्यमिक विद्यालय हिलमा शैक्षिक सत्र २०७४ मा राम्रो अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई शपनजा। एक कायक्रमका बिच सम्मान गरिएको छ ।

गाउँपालिका स्थरिय कक्षा आठको परिक्षामा उत्कृष्ट अङ्क ल्याउने पुष्पा कार्कीलाई नगद रु ४ हजारको खडक स्मृति पुरस्कारले सम्मानित गरिएको थियो । त्यस्तै कक्षा १० को एसईइए परिक्षामा राम्रो अङ्क प्राप्त गरेर उत्तीर्ण हुने सलिना थापालाई नगद रु ६ हजार खडक स्मृति पुरस्कारले सम्मानित गरिएको थियो । यसैगरी कक्षा १२मा राम्रो अङ्क लिएर उत्तीर्ण हुने कमला कडेललाई नगद रु ६ हजारको हिरा स्मृति पुरस्कारले सम्मान गरिएको थियो भने विद्यालय प्रथम हुने कक्षा ८ की विद्यार्थी सारदा थापालाई पनि नगद रु ४ हजारको हिरा स्मृति पुरस्कारबाट सम्मानित गरिएको थियो ।

२०७४ को अनुशासन तर्फ जित राना र तेजिना परियारलाई सम्मान गरिएको थियो । आजै नेपाल सरकारबाट आएको जेहेन्दार गरिब दलित विद्यार्थीहरु लाई छात्रवृत्ति समेत वितरण गरिएको छ ।

कार्यक्रमको अबसमा ताराखोला गाउँपालीका वडा नस्३का वडा अध्यक्ष डिल बहादुर बस्नेत संगै वडा सदस्य तेजु माया परियारको समेत विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्ष बस्नेतले उपस्थित सम्पुर्ण अभिभावकहरुलाई आफ्ना छोराछोरीहरु लाई घरमा राम्रो संग पढ्ने बाताबरण सिर्जना गरिदिन आग्रह गरेक थिए ।

प्रधानध्यापक हरि प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रम शिक्षक शिब प्रसाद निउरेको स्वागत मन्तव्य विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुबेदार तिर्थ सिङ थापाको अध्यक्षता र शिक्षक पुर्ण चोखालको सन्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *