Menu

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रथम एकता भेला तथा चियापान कार्यक्रम सम्पन्न !

दिनेश शर्मा, खर्वाङ २०७५ जेठ २५ । बडीगाड गाउपालिकामा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को प्रथम एकता भेला तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

ने क पाका नेता तिर्थमणी भुषालको अध्यक्षता जिल्ला समन्वय समितीका उपप्रमुख बिष्णु भुसालको प्रमुख आतिथ्यता नेकपा का नेताहरु सुनिल शेरचन, डा दिन बहादुर थापा, राजिब घिमिरे, बिना थापा,प्रेम खरेल ,झन बहादुर बुढा लगायतका नेताहरुको आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी भुषालले ने क पाको भबिष्य जनताको हातमा रहेको भन्दै कार्यकर्ता र जनप्रतिनिधिलाई इमान्दार र नैतिकवान भएर जनताको सेवामा लाग्न निर्देशन दिए ।

कार्यक्रम ढालेन्द्र शेरचनको स्वागत मन्तब्य बडीगाड गाउपालिका अध्यक्ष मेहरसिँश पाइजाले उपल्लो कमिटीको निर्देशन बाचन र जित बहादुर थापाको सन्चालनमा सम्पन्न भएको थियो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *