जैमिनी – ७ जैदीमा योजना स्तरिय छनौट कार्यक्रम सञ्चालन

कमल राना, कुस्मीसेरा,२०७५ जेठ २४ । जैमिनी नगरपालिका वडान ७ जैदीमा आज देखि टोल बस्ती स्तरीय योजना छनौट कार्यक्रम सञ्चालन भएको छ ।

वडाका वडा अध्यक्ष सहित सम्पूर्ण जनप्रतिनिधी र वडाका कर्मचारीको उपस्थितिमा सञ्चालन भएका योजना छनैट कार्यक्रम आज साबिक वडा न ६,७,८ र ९ को सँयुक्त रूपमा वाँओमा सम्पन्न भएको छ ।

वडा अध्यक्ष जित बाहदुर रानाले योजना छनोट आर्थिक बर्ष ७५र७६ बिकास निर्माणको लागि भएकोले टोल बस्तिमा आवश्यक योजनाहरू प्रथामिकतामा राखेर योजना टिपाउन कार्यक्रममा जोड दिएका थिए भने वडा कर्माचारी देवराज पैड्यलले यो बर्षमा सञ्चालित योजनाहरू मध्ये फोरफारक भएका योजना र काम सञ्चालनमा रहेका र काम नभएका योजनाहरूको तथ्यांक कार्यक्रममा प्रस्तुत सँगै काम सञ्चालनमा भएका र काम नभएका योजनाहरू छिटो भन्दा छिटो सम्पन्न गर्न जोड दिएका थिए ।

सञ्चालन भएको योजना छनोट कार्यक्रम भोली साबिकको वडा ४ र ५को सँयुक्त कार्यक्रम बिहान ८ बजे काभ्रेमा, दिउँसो २ बजे साबिकको वडा।न।१ र द्द को भेडीखाल्टा मन्दिरमा र २६ गते २ बजे साबिकको वडान ३ को वडा कार्यलयमा कार्यक्रम सञ्चालन गर्ने बताए ।

वडाका अध्यक्ष जित बाहदुर रानाको अध्यक्षतमा अगाडि बढेको कर्यक्रमको सञ्चालन वडा सचिब दिननाथ गैतमले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *