कालीगण्डकी आवसीय विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न !

खगेन्द्र विश्वकर्मा २०७३ फागुुन १२ । जुनियर रेडक्रस सर्कल कालीगण्डकी आवासीय माध्यामिक विद्यालय बागलुङले विद्यार्थी जीवन समाजसेवा विषयक अन्तर माध्यमिक वतृत्वकाला विहिवार सम्पन्न गरको छ । वक्तृत्वकला कार्यक्रमको शुभकामना मन्तव्य दिदै जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद मिश्रले जुनिएर रेडक्रस सर्कल कालीगण्डकीले विद्यार्थी जीवन र समाजसेवा विषयमा बक्तृत्वकला प्रतियोगीता राखेर राम्रो काम गरेको बताए । मानवीय भावनाको विकास गर्नमा यस विषय बस्तुले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

वक्तृत्व कला प्रतियोगीतमा कालीगण्डकी आवासीय विद्यालयकी सरस्वती पौडेल प्रथम, न्यू ओसिस एकेडेमीकी मन्जुश्री सापकोटा दिृतिय,अमृत आदर्थकी सदिक्षा पन्न तृतिय, र तित्याङ माध्यामिक विद्यालयकी अस्मीता थापा सान्त्वना भएकी थिईन ।

सदरमुकाम र सदरमुकाम वरिपरीका १४ विद्यालयका २२ जना विद्यार्थीले प्रतियोगितामा सहभागी जनाएका थिए । विजयी विद्यार्थीलाई शैक्षिक सामग्री पुरस्कार प्रदान गराएको थियो ।

कार्यक्रमा शिक्षक चित्र बहादुर कार्की , रेडक्रसका जिल्ला उप कोषाध्यक्ष जीवननाथ शर्मा , श्री कृष्णका अक्षित दास,विद्यालय व्यवस्थापन समिति कालिगण्डकीकी सदस्य बल कुमारी राना , महेन्द्र आचार्य लगाएतले बोलेका थिए ।

कार्यक्रम कालिगण्डकी आवसीय विद्यालय अन्तरगत जुनिएर रेडक्रसकी अध्यक्ष निसा खड्काको अध्यक्ष सुमन पुनको स्वागत तथा एलिसा कुँवर कृष्ण थापाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *