ढोरपाटन महोत्सवको सहयोग रसिदमा प्यान नम्वरका लागि रकम उठाउदा बुर्तिवाङमा यस्तो हल्ला !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ जेठ २४ । २०७५ साल बैशाख १ देखी ७ गते सम्म बुर्तिवाङमा सन्चालित ढोरपाटन महोत्सव २०७५ बुर्तिवाङको सहयोग रसिदमा उद्योग वाणिज्य संघ बुर्तिवाङ ईकाईले २०७५ जेठ २१ गते प्यान नम्बर लिनका लागि व्यापारीहरुबाट रु ५०० । रुपयाँ उठाएको सन्दर्भ यतिबेला चर्चामा छ । केहि व्यक्तिहरुले फेसबुकमा यसलाई उठाएपछी यसले बजार पाएको हो ।

महोत्सव सम्पन्न भएको डेढ महिना पछी महोत्सवकै सहयोग रसिद प्रयोग गरी व्यापारीहरुकाट प्यान नम्बरकालागि रु ५ सया उठाईएको सम्वन्धमा उद्योग वाणिज्य संघ बुर्तिवाङ ईकाईका अध्यक्ष चिन्तामणि शर्माले ब्यस्तताका कारण छुट्टै रसिद छपाई गर्न नपाईएकोले ढोरपाटन महोत्सबबाट बाँकी रहेका नगदी रसिद प्रयोग गरिएको बताउदै यसमा अन्यथा लिन नहुने बताए । अध्यक्ष शमाले उतm रकम ईकाईले समेत नराखी फर्म संकलन अभियानमा कार्यरत कर्मचारीलाई खाना बस्न खर्चमा प्रयोग हुने गरेको बताउदै आफुहरु कहां ब्बयसायीबाट यसबिषयमा कुनै गुनासो नआएको बताए ।

महोत्सवको रसिदमा अहिले आएर रकम उठाउन नहुनेमा कसैको दुईमत छैन तर उबासंघ बुर्तिवाङ ईकाईले बद्नियत पूर्वक रकम उठाईएको भन्नेमा भने सहमति नरहेको स्थानीयको भनाई छ । यस घटना पश्चात महोत्सवको हिसाव सार्बजनिक गर्न दबाब भने बढेकोे छ ।

महोत्सवको आयव्यय सार्वजनिक गर्न भएको ढिलाई बारे ईबागलुङले जानकारी माग्दा अध्यक्ष शर्माले बैशाख १५ गतेनै आथिर्क आयब्याय प्रस्तुत गर्ने भनिएपनि तयारी पुरा हुन नसकेको स्वीकार गर्दै असार १५ गते सम्ममा जसरीपनी एक कार्यक्रमका बिच आयब्यय प्रस्तुत गरिने जानकारी दिए ।

कसरी यस्तो भयो ?

खडक कुँवरले फेसबुकमा पोष्ट गरेका दुई ओटा ढोरपाटन महोत्सव २०७५ बुर्तिवाङको सहयोग रसिदहरु मध्य एउटा नं १४० को सहयोग रसिदमा मिति २०७५।२।२१, नाममा धन बहादुर पौजेल लेखिएको अक्षरुपी पछीको खाली ठाउँमा पान नं उपलब्ध व्यहोरा लेखी रु ५००। रकम उल्लेख गरिएको छ भने अर्को सहयोग रसिदमा मिति २०७५।२।२२, ठेगाना ढोरपाटन ८ लेखिएको छ, नाम खाली छ, अक्षरुपी पाँच सय र अंकमा ५००। लेखिएको छ ।

दुबै सहयोग रसिदहरुमा लेख्नेको हस्ताक्षर मात्र नभएर बुझिलिनेको दस्तखत पनि फरक छ । यतिमात्र पनि होईन, कुँवरले पोष्ट गरेका रसिदहरुको नम्बर र मिति पनि अलग र अघि पछी छ । सहयोग रसिद नं १४० मा मिति २०७५।२।२१ (२० ?) लेखिएको छ जबकि सहयोग रसिद नं ११४ मा मिति २०७५।२।२२ लेखिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *