Menu

शान्ति सुरक्षा विना समृद्धि असम्भवः डीआईजी बस्नेत

प्रेम सुनार, गुल्मी २०७५ जेठ २३ । ५ नम्वर प्रदेशका प्रहरी प्रमुख डिआईजी शेरबहादुर बस्नेतले शान्ति सुरक्षा विना समृद्धि असम्भव हुने बताएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको निरीक्षण र यहाँको शान्ति सुरक्षाको अवस्था बुझ्न आई पुगेका डिआईजी बस्नेतले आफुलाई ५ नम्वर प्रदेशमा दिईएको शान्ति सुरक्षाको जिम्मेवारी पुर्णरुपमा निभाउने प्रतिवद्धता जनाए ।

संयोगवस आफ्नै जन्म घर छत्रकोट गाउँपालिकाले आयोजना गरेको सरसफाई महाअभियानको उद्घाटन सत्रमा वाटोमा आउँदै गरेका डिआईजी बस्नेतलाई रोकेर सो गाउँपालिकाले सम्मान गरेको थियो ।

छत्रकोटको विरवास घर भएका डिआईजी बस्नेतलाई गाउँपालिका प्रमुख मधुकृष्ण पन्त र उपप्रमुख नर्मदा भण्डारीले सरसफाई अभियानको टोपी पहिराउँदै र दोसाल्ला ओढाउँदै सम्मान गरेका थिए ।

हालै मात्र डिआईजीमा बढुवा भई प्रहरी संगठनको ५ नम्वर प्रदेश प्रमुखको कार्यभार सम्हाल्न आएका उनले आफ्नै गाउँपालिकाले सुरु गरेको सरसफाई अभियानमा संयोगवस सहभागी हुन पाएकोमा गौरव महसूस गरेको बताउँदै गाउँपालिकालाई धन्यवाद दिएका थिए ।

उनले प्रहरी एक्लैको प्रयासले मात्र शान्ति सुरक्षा सम्भव नहुने भन्दै जनप्रतिनिधी र नागरिक समाज सहित सवै पक्षको सहकार्यमा ५ नम्वर प्रदेश भित्र शान्ति सुरक्षा चुस्त राखिने बताए ।

उनी संगै लुम्विनी अञ्चल प्रहरी प्रमुख एसएसपी राजेन्द्रप्रसाद ढकाल पनि निरीक्षणमा आएका छन् । आज घरमा भेटघाटमा ब्यस्त उनिहरुले भोलि विहान देखि जिल्लाको शान्ति सुरक्षाको अवस्था वुझ्ने जनाईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *