प्रयोगमा आएका फोहोर प्लाष्टिकलाई सरकारले किन्ने निती ल्याउछ – मन्त्री लम्साल

पराजुली, पोखरा २०७५ जेठ २३ । विश्व वातावरण दिवको अवसरमा फेवातालको आसपासमा वृक्षारोपण गरिएको छ । मंगलवार पोखरा उपत्यका बृहत सरसफाई अभियानको संयोजनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले फेवातालको सौन्दर्यकरण गर्न ताल परिसरमा धुपी,असरे फुल,समी लगाएतका बिरुवा रोपिएको हो ।

धुपीको वृक्ष रोपण गर्दैै प्रदेश नं. ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले वातावरण सफा राख्ने हरेक जिम्मा स्थानियवासिन्दाकै भएको बताए । फोहोर गर्ने मानिसलेनै सफा सुग्घर राख्नुपर्छ भन्दै हिड्ने गरेको चर्चा गर्दै उक्तवानीको अन्त्य गर्न सकियो भने गाँउ,टोल,शहर सफा हुने धारण राखेका थिए ।

सकिन्छ सफा गरा, सकिन्न फोहोर नगरौँ उनले भने ’तपाईले घरमा प्रयोग गर्ने प्लाष्टिकलाई एक ठाँउमा व्यवस्थित गर्नुहोस र आफ्नो वातावरण आफै जोगाउनु होस’’ ।

दैनिक प्रयोगमा आउने प्लाष्टिकजन्य वस्तुको बढ्दो प्रयोगले पृथ्वीलाई तहस नहस पार्दै गएकाले फोहोरलाई व्यवस्थित गर्न प्रदेश सरकारले प्रयोगमा आएका प्लाष्टिक तथा नकुहिने बस्तुहरुलाई घरमै पुगेर किन्ने नयाँ निती ल्याउने बताए । प्रकृतिले नेपाल लाई अनुपम सुन्दर उपहार दिएको बताउदै मन्त्री लम्सालले ताल तलैया तथा सिमसार क्षेत्र संरक्षणको लागी सरकारले नयाँ योजना ल्याउने बताए । प्लाष्टिकजन्य वस्तु प्रयोगमा गलत आदत बसेकाले पनि वातावरणीय प्रभावमा नकारात्मक असर पुगेको भन्दै मन्त्री लम्सालले मानिसहरुको बानी व्यवाहर परिवर्तन गर्दै खाली नीजि तथा प्रतिजग्गामा वृक्षारोपण गर्दै हराभरा गराउनुपर्नेमा जोड दिए ।

सो अवसरमा पोखरा उपत्यका बृहत सरसफाई अभियान्ता राम बहादुर के.सी.ले पर्यावरण संरक्षणका लागि दिवसका दिन मात्र नभएर अन्य जुनसुकै समयमा पनि वृक्षारोपण तथा सरसफाई गर्नुपर्नेमा जोड दिदै स्वच्छ सफा,सुन्दर शहर पोखरा बनाउने आफुहरुको अभियानलाई साथ दिन स्थानियवासीलाई आग्रह गरेका थिए ।

प्लाष्टिक प्रयोग निर्मूल पारौँ, पुनप्रयोग गर्न नसके बहिष्कार गरौँ भन्ने मुलनाराका साथ गरिएको वृक्षारोपण कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिब, उपसचिब, स्थानीय बुद्धिजिवी, समाजसेवी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकारहरुको सहभागिता रहेको थीयो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *