बालबालिकाले राम्रो शिक्षा पाएमा मात्र उनिहरुको भविष्य उज्वल हुन्छ : नगरप्रमुख नेपाली

भूजी माबिमा १ लाखको अक्षयकोष स्थापना, जनहीत प्राविमा एक वर्षका लागी एक शिक्षकको तलब !

योगेन्द्र विश्वकर्मा, बुर्तिबाङ २०७५ जेठ २३ । ढोरपाटन नगरपालिकाको वडा नम्बर ५ मा रहेको भुजी माध्यमिक विद्यालयको ६१ औँ वार्षिकोत्सव कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

बार्षिकोत्सव कार्यक्रमको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले विद्यालय परिसरमा फुलको वेर्ना रोपेर उद्घाट्न पश्चात बोल्दै सामुदायिक विद्यलयको शैक्षिक स्तर वृद्धिका लागी शिक्षक अभिभावक र विद्यार्थीविचको त्रिपक्षीय सम्बन्ध सुमधुर रहनुपर्ने बताए । उनले वालवालिकाले राम्रो शिक्षा पाएमा मात्र उनिहरुको भविष्य उज्वल हुने बताउदै त्यसतर्फ सचेत हुन शिक्षक र अभिभावकलाई आग्रह गरे ।

सोही अवसरमा नगरप्रमुख नेपालीले विद्यालयमा १ लाख १ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिने समेत उद्घोष गरेका छन् ।

कार्यक्रममा समाजसेवी चन्द्रकुमार गौतम र विद्यालय व्यवस्थापन समितिका गोपाल विकले पनि मन्तव्य राखेका थिए । विद्यालयका प्रधानाध्यापक चुरामणी पौडेलले विद्यालयको भावी कार्ययोजना सहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थिए।

वार्षिक उत्सवका अवसरमा विद्यालयले अन्र्तविद्यालय स्तरीय प्रतिगितात्मक कार्यक्रम तथा आन्तरीक कार्यक्रम समेत गरेको थियो । आयोजित कार्यक्रम मध्य मंगलबार भएको माध्यमिक तहको छात्र भलिवल प्रतियोगिताको फाइनल खेलमा आयोजक भुजी माध्यमिक विद्यालय प्रथम र न्यु मोर्डन एकेडेमी व्दितिय भएका छन् ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं वडा नं ५ का वडाध्यक्ष लक्ष्मण पुनको अध्यक्षता वेग वहादुर पुनको स्वागत मन्तव्य र शिक्षक शालिन्द्र घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच परिवर्तनशिल युवा क्लवको पाँचौ वाषिक उत्सव तथा जनहित आधारभुत विद्यालय निसीखोला गाँउपालिका २ काल्नेचौरको २१ औँ वार्षिकोत्सव कार्यक्रमको ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीले मंगलबार उद्घाटन गरेका छन् ।

कार्यक्रममा वोल्दै नगरप्रमुख नेपालीले आफु दलित समुदायको प्रतिनिधत्व गर्ने एक जिम्मेवार ठाँउमा पुगेको व्यक्ति भएकोले दलित समुदायलाई सचेत गराउदै उनिहरुको हकहितका लागी काम गर्ने बताए । समाजमा अझै पनि जातिय विभेद रहेको र यसलाइ हटाएर समाजलाई शिक्षित बनाई जातिय समानता कायय गर्दै समृद्धितर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो । निसीखोला गाँउपालिकामा खेलकुदको विकासका लागी खेल मैदान निर्माणका लागी पनि सक्दो पहल गर्ने नगरप्रमुख नेपालीले प्रतिवद्धता व्यक्त गरेका थिए ।

सो अवसरमा नेपालीले जनहित प्राथमिक विद्यालयमा एक वर्षका लागी आफुले व्यक्तिगत रुपमै रकम दिएर शिक्षक राखिदिने बताए भने परिवर्तनशील क्लवलाई पनि व्याक्तिगत रुपमै रु २५ हजार आर्थिक सहयोग गरेका थिए ।

बागलुङ पश्चिम क्षेत्रका विद्यालयमा दरबन्दी अभाव रहेको र ती विद्यालयमा दरबन्दी मिलानका लागी आफुले जिल्ला प्रदेश र केन्द्रसँग समन्वय गरी पहल गरिरहेको बताएका थिए ।

नगरप्रमुख नेपालीलाई लामोसमयदेखी समाजसेवामा सक्रिय रहेको भन्दै त्यहाँको आमासमुह वाजा समुह र क्लवले फुलमाला अविर लगाएर सम्मान गरेका छन् ।

कार्यक्रम विव्यस अध्यक्ष इदबहादुर रसाइलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका नेता तुल्सीराम अर्यालको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शिक्षिका भाविका विसीको स्वागत मन्तव्य र शिक्षक झम शिर्पालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

मंगलबारको कार्यक्रममा आधुनिक गायक सुमन सुनारको विशेष सांगीतिक प्रस्तुती रहेको थियो । आज बुधवार क्लव स्तरीय पुरुष भलिवल प्रतियोगिताको फाइनल खेल हुने आयोजकले जनाएको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन मंगलबार गरिएपनि प्रतियोगितात्मक कार्यक्रम शुक्रबार बाटै सुरु गरिएको थियो ।
हिँजोको कार्यक्रममा चन्दादाता र विव्यस पदाधिकारी सम्मान गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *