गल्कोटमा विश्व वातावरण दिवस : गौदी खोला सफा त, गल्कोट हटिया बजार सफा !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ जेठ २२ । गल्कोटको गौदीखोलालाई सफा राख्नका लागी हटियाबजारबासी सचेत बन्नुपर्ने गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताएका छन् । बिश्व वातावरण दिवसको अवसरमा गल्कोट नगरपालिका, ईलाका बन कार्यालय गल्कोटको सयुक्त आयोजनामा सञ्चालन गरिएको सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै गैरेले यस्तो बताएका हुन् ।

उनले बजारबासीले दिनप्रतिदिन खोलामा फोहोर फाल्ने गर्दा गौदीखोला दुर्गन्धित बन्दै गएको प्रति बजारबासी समयमै सचेत बन्न आग्रह गरे । गैरेले नगरपालिकाले गल्कोटको फोहोर ब्यवस्थापनका लागी दिर्घकालीन योजना बनाउदै गरेको जानकारी दिँदै तत्कालका लागी ट्याक्टरमा संकलन गरि अस्थाई रुपमा ब्यवस्थापन गरिरहेको बताए । प्रत्येक घरमा निस्किएको फोहोरलाई जम्मा गरि नगरपालिकाको ट्याक्टरमा राख्न आग्रह गरे ।

गरिएको मान्छेलाई प्रकृतिसँग नजिक पार भन्ने नाराका साथ गल्कोटमा विश्व वातावरण दिवस मनाईएको छ । दिवसका अवसरमा नगरप्रमुख गैरे, उपप्रमुख रेनुका काउचा, ३ नै वडाध्यक्ष वीरजङ भण्डारी, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, अर्जुन बाण गणका प्रतिनिधि, ईलाका बन कार्यालयका प्रतिनिधि, गल्कोट बहुमुखी क्यापसका प्रध्यापक तथा बिद्यार्थीहरु, गल्कोट माद्यमिक बिद्यालयका शिक्षक, बिद्यार्थी, हटियाबजारबासी, पत्रकार, प्रहरी लगायतको सहभागीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *