Menu

ढोरपाटन नगरपालिका वडा नं. ३ मा घुम्ती स्थलगत कृषक तालिम सम्पन्न

सुमन सुनार, बुर्तिवाङ २०७५ जेठ २१ । ढोरपाटन नगरपालिका वडा नं. ३ मा आईतबार घुम्ती स्थलगत कृषक तालिम सम्पन्न भएको छ ।

ढोरपाटन नगरपालिका कृषि कार्यालयको आयोजनामा भएको तालिममा वडा स्तरका कृषकहरुको सहभागीता रहेको थियो । तालिममा सहभागी कृषकहरुलाई तरकारी खेती सम्बन्धी जानकारी दिईएको थियो । यस्तै वडा नं. ३ का कृषकहरुका लागी आगामी बर्षका लागी योजना तर्जुमा गरिने, सुन्तला कागतीको विरुवा माग गरिने पनि जानकारी दिईएको थियो । तालिमको सहजीकरण ढोरपाटन नगरपालिका अन्तर्गतको कृषी विभागका योजना अधिकृत हुम बहादुर थापाले गरेका थिए । तालिममा वडा नं. ३ का वडा अध्यक्ष हेमेन्द्र घर्तिमगर, ढोरपाटन नगरपालिका कृषि कार्यालयका कृषि प्राविधिक महेन्द्र घिमिरे, सरिता घिमिरे लगायतको पनि विशेष उपस्थिति रहेको थियो ।

यस्तै सोही अवसरमा केशर छन्त्यालको अध्यक्षतामा ९ सदस्ीयय वडा स्तरिय मुल कृषक समुहको गठन गरिएको छ । जसको उपाध्यक्षमा मुमलाल घिमिरे, सचिवमा सेर बहादुर घर्ति, कोषाअध्यक्षमा नन्दकली बोहरा र सचिवमा हिरा बहादुर खत्री रहनुभएको छ भने अन्य सदस्यहरु रहेको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *