मधुमेह रोगबाट पीडित अस्मिता बिकलाई सृजनशील समाजव्दारा ३ लाख ६७ हजार सहयोग !

गल्कोट २०७५ जेठ २१ । गल्कोट नगरपालिका-२ नरेठाँटीका छविलाल बिककी मधुमेह रोगबाट पीडित छोरी अस्मिता बिकलाई सृजनशील समुदाय समाज बागलुङले आर्थिक सहयोग प्रदान गरेको छ ।

गल्कोट नगरपालिका-२ बहिलीमा आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथी सृजनशील समुदाय समाजका महासचिव हामेबहादुर बिकले पीडित परिवारलाई ३ लाख ६७ हजार ८ सय ३५ रुपयाँ राहत हस्तान्तरण गरेका थिए ।

दलित एकता संजाल नेपाल गल्कोट नगरपालिका- २ का अध्यक्ष चिन्ता बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका बुलबहादुर केसीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमकी सन्चालिका चन्द्रकला सुनार रहेको होम बिकले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *