आजदेखि बुर्तिबाङमा स्थायी लेखा नम्वरका लागि फर्म संकलन सुरु !

सुमन सुनार, बुर्तिवाङ २०७५ जेठ २० । करदाता सेवा कार्यालय बुर्तिबाङ र उद्योग वाणिज्य सं्रघ बुर्तिबाङको आयोजनामा आजदेखि बुर्तिबाङमा स्थायी लेखा नम्बर वितरणका लागि फर्म संकलन गरिदैछ ।

संघको कार्यालय बुर्तिबाङमा अहिले विहान १० वजेदेखि फर्म संकलन सुरु गरिने तयारी रहेको र त्यसका लागि करदाता सेवा कार्यालयका कर्मचारी समेत बुर्तिबाङ आइपुगेको उद्योग वाणिज्य संघ बुर्तिबाङका अध्यक्ष चिन्तामणी शर्माले जानाकारी दिए ।

स्थानीय पालिकामा व्यवसाय दर्ता गरेका वा नगरेकाले तत्काल व्यवसाय दर्ता गरी सो को प्रमाण पत्र लिएर स्थायी लेखा नम्बर लिन सक्ने करदाता सेवा कार्यालय बागलुङका डाटा ईन्ट्री सुपरभाइजर गोविन्द शर्माले बताए ।

स्थायी लेखा नम्बरको फर्म संकलन गरी २४ जेठमा बुर्तिबाङबाटै प्रमाणपत्र वितरण गरिने तयारी रहेको समेत उनले बताए । सुरुमा फर्म संकलन गरिने छ, त्यसका लागि व्यवसायीको तर्फबाट भरीने सूचना फर्मका आधारमा स्थायी लेखा नम्बर पानको प्रमाणपत्र तयार पारि जारि गरिने शर्माको भनाई छ ।

स्थानीय पालिकामा आफ्नो व्यवसाय दर्ता गरेका व्यवसायी वा उद्योगीले स्थायी लेखा नम्बर लिनका लागि आफ्नो नागरिकताको प्रमाणपत्र प्रतिलिपि, व्यवसाय दर्ताको प्रमाण पत्र, फोटो ४ प्रति, आफ्नै घरमा व्यवसाय गर्ने भएमा आफ्नो जग्गा धनी पूर्जाको प्रतिलिपि, भाडाको घरमा व्यवसाय दर्ता गर्ने भए घरभाडा संझौताको प्रतिलिपि, रु १० को टिकट र निवेदन आवश्यक पर्ने बताइएको छ ।

आजदेखि सुरु हुने उक्त शिविर २१ र २२ गतेसम्म जारि रहने तथा २४ गते कर शिक्षा सहित स्थायी लेखा नम्बर पानको प्रमाण पत्र वितरण गरिने कार्यक्रम रहेको करदाता सेवा कार्यालय बागलुङका कर अधिकृत सुर्य चापागाईले जानाकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *