Menu

नेशनल अर्गानाइजेसनको आयोजनामा १ दिने परिचयात्मक तथा प्रशिक्षण कार्यक्रम सप्पन्न

डम्मर बुढा मगर बुर्तिबाङ, २०७५ जेठ १९ । मंगोल नेशनल अर्गानाइजेसन जिल्ला सभा बागलुङको आयोजनामा ढोरपाटन नगरपालिका-१ बुर्तिबाङमा १ दिने परिचयात्मक तथा प्रशिक्षण कार्यक्रम सप्पन्न भएको छ ।

कार्यक्रममा प्रशिक्षण दिँदै पोखरा लेखनाथ महानगरपालिकाका अध्यक्ष ज्ञानराज गुरुङले आफ्नो अस्तित्व बचाउनको लागि यस संगठनमा आबद्ध हुन आग्रह गरे ।

हरेक नागरिकले आफ्नो अस्तित्वको र पहिचानको लागि आ(आफ्नो क्षेत्रबाट पहल गर्नु पर्ने बताए । उनले प्रशिक्षणमा मंगोल को हुन् रु, कहाँ उत्पत्ति भएका हुन् रु भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको सो अवसरमा गणेश बुढा मगरको अध्यक्षमा क्षेत्र नम्बर २ स्तरीय १५ सदस्यीय क्षेत्रीय समिती गठन गरिएको थियो ।

कार्यक्रम मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा बागलुङका संयोजक अनुप बुढा मगरको अध्यक्षता, पोखरा लेखनाथ महानगरापालिका कास्कीका अध्यक्ष ज्ञानराज गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *