सर्वसुलभ र गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड !

कोपिला कंडेल, बागलुङ २०७५ जेठ १९ । एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङले आज एक समारोहका बिच शैक्षिक सन्देश नामक मुख पत्रको बिमोचन एबं प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गरेको छ । मुखपत्रको एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारी र प्रतिनिधी सभाका सदस्य देबेन्द्र पौडेलले सार्वजनिक गरेका हुन् ।


बिमोचन पछी बोल्दै केन्द्रिय अध्यक्ष अधिकारीले शैक्षिक क्षेत्रको बिकास र सम्मृद्धि सबै सरोकारवालाको मुख्य केन्द्रबिन्दु हुनुपर्ने बताए । संबिधान अनुरुपको कानुन कार्यान्वयन नहुदा त्यसको प्रत्यक्ष असर शिक्षकहरुमा परेको भन्दै संगठनका अध्यक्ष अधिकारीले सर्वसुलभ र गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

मुलुकको राजनीतिक परिवेशको फेरबदल संगै अव शिक्षकहरुले पनि माग र भुमिकालाई फेरबदल गर्नुपर्छ, उनले भने शिक्षकको चिन्तन शैक्षिक रुपान्तरण र सम्मृद्धि तर्फ हुनु पर्दछ । एमाले र माओबादी केन्द्रबिच पार्टी एकता भएपनि ट्रेडयुनियन बिच अझै एकता हुन नसकेको चर्चा गर्दै उनले एकताका लागि अझै छलफल र बहसमा रहेको बताए ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एबं प्रतिनिधी सभाका सदस्य पौडेलले अव शिक्षकहरुपनि बिचारको माध्यमबाट सहिष्णुता कायम गरेर अगाडी बढ्नुपर्ने बताए । पार्टी एकता पश्चात जनबादी क्रान्ति पुरा भएको र अव समाजबादी क्रान्ति अनुरुप अगाडी बढ्नुपर्नेमा जोड थियो ।

बागलुङ जिल्लालाई बामपन्थीको किल्लाकोरुपमा अगाडी बढाईने छ, पौडेलले भने, त्यसका लागि सबै जिम्मेवार र जफाफदेही बन्न जरुरी छ ।

कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य झपेन्द्र क्षेत्री, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला संयोजक ज्ञामनाथ गैरे अनिल, एकिकृत अखिल नेपाल शिक्षक संगठनका प्रदेश ४ का अध्यक्ष सोमनाथ ढुङ्गाना, उपाध्यक्ष फडिन्द्र खड्का महासचिव पुस्कर साप्कोटा, सदस्य गोरख सागर खत्री, कम्युनिष्ट पार्टीका जिल्ला नेता राजिव घिमिरे, नेपाल बार एशोसिएशन उच्च अदालत बागलुङका अध्यक्ष केशवराज पराजुली, नेपाल शिक्षक संगठन बागलुङका निवर्तमान अध्यक्ष मोहमद अजिज, म्याग्दी जिल्ला अध्यक्ष होमनाथ पाण्डे, पर्वतका अध्यक्ष भागिरथ शर्मा, नेपाल शिक्षक सघंका उपाध्यक्ष सिता शर्मा र नेपाल शिक्षक महासघंका अध्यक्ष कृष्णप्रसाद शर्मा, अनेम सघं क्रान्तिकारीकी कुशुम बुढा र प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य कोपिला कंडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा सहिद धर्मपत्नी तनमायां घर्तीलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम एकिकृत अखिल नेपाल शिक्षक संगठन बागलुङ्गका अध्यक्ष नगेन्द्र खरेलको अध्यक्षता, उपाध्यक्ष लोकमायां थापाको स्वागत मन्तब्य र सचिव बिर बहादुर चोखालको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *