Menu

रामपुर भ्रमणमा निस्केको सहकारीको टोली चढेको बस दुर्घटना, १३ जनाको मृत्यु !

पाल्पा, २०७५ जेठ १८ । लु २ ख ९७५ नम्बरको बसमा चढेर रामपुर भ्रमणमा हिँडेका पाल्पा तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरु दुर्घटनामा परेका छन् । बस पाल्पाको रम्भा गाउँपालिका ४ हुमिनमा दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार २७ जनामा १३ जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरु मध्य १२ जना विष्णुमान बज्राचार्य, उनका भाई सचिन बज्राचार्य, कृष्णमान शाक्य, क्षेत्रमान शाक्य, गीता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ, देवेन्द्र प्रधान, वसन्ती खाँड र कृष्ण्णबहादुर बोहराको सनाखत भएको प्रहरीले जानकारी दिएक् छ । मृत्यु हुने मध्ये कृष्णबहादुर बोहरा डिभिजन सहकारी पाल्पाका प्रमुख हुन् । घाइते मध्ये १० जनाको युनाइटेड मिसन अस्पताल तानसेन र २ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *