Menu

पत्रकारहरुलाई यातना दिने दोषिमाथी कार्बाही गर्न पत्रकार महासंघको माग !

काठमाडौ २०७५ जेठ १८ । दुबईबाट दिउँसो ३ं.३० बजे फ्लाई दुबईको FZ571 विमान मार्फत त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सुन भित्रदैं गरेको गोप्य सुचनाका आधारमा स्टिङ अपरेशनका लागी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थल पुगेका पाँच जना पत्रकारहरुलाई त्यहाँको प्रशासन प्रहरीले चरम यातना दिएको छ ।

टीभी अन्नपूर्ण अनलाईनका पत्रकारहरु राजु सुवेदी, सर्मिला सुवेदी, विमल खड्का, राजकुमार विष्ट र विनोद देवकोटा ५ जना पत्रकारहरुलाई ६ घण्टा नियन्त्रणमा लिएर मानसिक तनाव दिएको समाचारमा जनाईएको छ । बिमानस्थल प्रशासन र प्रहरीले पत्रकारहरुले खिचेका तस्बीरहरु क्यामराबाट हटाईको थियो ।

यस घटनालाई लिएर नेपाल पत्रकार महासंघले आज एक विज्ञप्ती प्रकाशित गरी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै दोषिहरुलाई कार्बाही गर्न माग गरेको छ ।

तस्वीर-फेसबुक ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *