गजल : खोलिएछन् वजारमा वैँश वेच्ने पसल पनि !

मीठो नमिठो हुन्छ कुनै अतितको पल पनि ।
लाको भए कस्तो हुन्थ्यो? उखुमा फल पनि ।।

काँडा विचमा फक्रिएको गुलावले धाक लायो।
हेर्नुस् आखिर हिलोमानै फूल्छ कमल पनि ।।

स्वार्थको विनिमयले पिरतीको मुल्य घट्यो ।
खोलिएछन् वजारमा वैँश वेच्ने पसल पनि ।।

जुन ठाउँमा उस्को आज भेटी समेत चढ्दैन ।
हो उसैले वनाएको मुर्ति संगै महल पनि ।

भरियाको कथा लेखेँ सुनाएँ त्यो यसै भन्यो ।
लेख्दानी थाकिन्छ र? गीत कविता गजल पनि।

देशको ऋण गर्भमै थाप्लामाथि नप-या भए ।
आमा यस्तो हुन्थिएन यो एनपि घायल पनि ।।

निर्मल पौडेल एनपि घायल
पर्वत २०७५ जेठ १८ ।
फलेवास नगरपालिका ७ लिमिठाना पर्वत ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *