Menu

अपाङ्गता भएका व्यक्तिलाई सवै क्षेत्रमा समान र सक्रिय सहभागीताका लागि पहल गर्ने प्रतिवद्धता!

नवीन शिशिर बागलुङ, २०७५ जेठ १८ । बागलुङमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेललार्ई धवलागिरी बहिरा आवासिय मावि बागलुङले स्वागत गरिएको छ ।

स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खरेलले सामाजिक समावेशीकरणको सिद्धान्त अनुरुप अपाङ्गता भएको व्यक्तिहरुलाई सवै क्षेत्रमा समान र सक्रिय सहभागीता गराउन पहल गर्ने बताए ।

प्रजिअ खरेलले जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाहरुलाई अपाङ्गमैत्री कार्यालय तथा अपाङ्गमैत्री संचारको व्यवस्थापनमा ध्यान दिने बताउँदै फरक क्षमता भएका व्यक्तिको चौतर्फी विकास गर्न समन्वय र सहकार्य गर्ने स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय एकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले बहिरा बालबालिकको शिक्षा विकासमा राज्यले ठूलो लगानी गरेको बताउँदै बागलुङलाई अपाङ्ग शिक्षाको ‘हव’ बनाउन सकिने बताए ।

कार्यक्रममा बागलुङ नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा, महिला तथा बालबालिका कार्यालयका प्रमुख डिलकुमार शर्मा, समाजसेवी देवबहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त ग।का थिए ।

बहिरा विद्यालयमा हाल भारतीय एक सहित ४१ जिल्लाका २५० जना बहिरा विद्यार्थी निःशुल्क आवासीय सुविधा सहित अध्ययन गरी रहेका छन ।

सरकारले बहिरा तथा अपाङ्ग विद्यार्थीहरुको लागि मासिक ४ हजार रुपैयाँ उपलब्ध गराएको सहायक प्रधानध्यापक रेशम श्रीसले जानकारी दिए ।

समावेशी शिक्षाको अवधारण अनुसार बहिरा विद्यालयमा कुल विद्यार्थी संख्याका १० प्रतिशत श्रवणशक्ति (सुन्ने) विद्यार्थी समेत अध्ययन गरी रहेका छन । सो विद्यालयको कक्षा ९ र १० मा प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ्ग र सिटिईभीटिद्वारा मान्यता प्राप्त तीन वर्षे डिप्लोमा इन कम्प्युटर कक्षा संचालन भैरहेको छ ।

कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष व्यवस्थापन समितिका सदस्य केवी राना मगरको अध्यक्षता, प्रधानध्यापक मुधुसुदन निउरेको स्वागत र नवीन शिशिरको संचालनमा सम्पन्न भएको थियो ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *