ताकि सनद रहोस ! बागलुङ केबुलको अनियमितता हेनेँ जिम्मा कसको ?

बागलुङ २०७५ जेठ १७ । सार्वजनिक सरोकारका विषयहरुमा सामाजिक संजाल फेसबुकममा आम नागरिकहरुले आफ्ना बिचारहरु जाहेर गर्दै आएका छन् । केहि दिन पहिले बागलुङ नगरपालिकाका नगरप्रमुख जनक पौडेलले काठमाडौ-बलेवा-काठमाडौ बिमान सन्चालनलाई लिएर नेपालका दुई बिमान कम्पनिहरु संग गरेको संझौतालाई लिएर सामाजिक संजालमा नागरिकहरुले घोर आपत्ती मात्र जनाएनन् प्रत्यक उडानमा कम्तीमा १२ जना यात्रुको ग्यारेण्टी नगरपालिकाले लिनु पर्ने र त्यो भन्दा कम यात्रु भए त्यसको हर्जाना नगरपालिकाले व्यहोर्नु पर्ने सम्झौत गरेर दुई बिमान कम्पनीहरुलाई रु दश दश लाख पेस्की दिएको बारेमा कार्बाहीको माग समेत गरे ।

अहिले सम्म १२ जना भन्दा कम यात्रु भएको उडानमा नगरपालिकाले कुन उडानमा कति हर्जाना बापत रकम बिमान कम्पनिहरुलाई बुझायो ? त्यस्को हिसाव सार्वजनिक गर्न नगरपालिकाको ध्यानाकर्षण गराउदै फेसबुकमा धारणाहरु सार्वजनिक गरिहेका छन् तर सरोकारवालाहरु कुम्भकर्ण झै मस्त निदाई रहेका छन् । नगरको विकासको रकम बिमान कम्पनिलाई हर्जाना तिर्न अग्रिम २० लाख रुपयाँ दिएर कानून विपरीत सम्झौता गर्ने ढुक्कै छन् ।

यसैबीच आज केहि समय पहिले अधिवक्ता राम शर्माले सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक महत्वको विषय उठान गर्दै बागलुङ केवलले गरेको अनियमितता हेर्ने जिम्मा कसको ? भन्दै गम्भीर प्रश्न उठाएका छन् ।

उनले उठाएका सार्वजनिक महत्वको विषय र त्यस्मा विभिन्न व्यक्तिहरुले गरेका टिप्पणीहरुका केहि अंश आम जनसमुदाय एवं सरोकारवालहरुमा सनद रहोस भन्ने हेतुले यहाँ प्रस्तुत गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *