गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा १० शैया क्षमताको २८ कोठाको नयाँ भवन निर्माण हुँदै !

घनश्याम गौतम, गल्कोट २०७५ जेठ १७ । गल्कोट नगरपालिका-५ हरिचौर स्थित गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माण कार्य सुरु भएको छ । केन्द्रको स्तर बृद्धि गर्दैं १० शैयाको स्वास्थ्य केन्द्र निर्माण गर्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले बिनयोजन गरेको कुल लागतमा २२ प्रतिशत घटेर न्यु धौलागिरी बिल्डर्स कम्पनीले ५ करोड ४६ लाखमा उक्त स्वास्थ्य केन्द्रको निर्माण गर्ने जिम्मा लिएको छ भने भवन निर्माण सम्झौता भए लगतै उक्त कम्पनीले निर्माणको काम अगाडि बढाएको छ । २ बर्षभित्र काम सम्पन्न गर्ने गरि कम्पनीले गत २०७४ फागुन २८ गतेबाट काम सञ्चालन गरेको हो ।

निर्माण कम्पनिले प्राथमिक स्वास्थ्य केन्द्र तथा ब्यबस्थापन समिति सगं कुनै छलफल नगरी निर्माण प्रक्रिया अगाडी बढाएकोमा गल्कोट नगरपालिका-५ का वडाध्यक्ष एवं स्वास्थ्य चौकी ब्यबस्थापन तथा सञ्चालन समितिका अध्यक्ष नारायणध्वज मल्लले चित्त दुखाउदै ईबागलुङसंग भने, ‘केही दिन अघि मात्रै भवनको हात्तीपाईले पिलर सेट गरिएको छ तर स्टिमेट बमोजिम भाईब्रेटर लगाइएको छैन्, पिलरको हात्तीपाईले सेटमा सिमेन्ट, गिट्टी, बालुबाको सेट भएको छैन । निर्माणमा प्रयोग हुने कच्चा समान सिमेन्ट बालुबा गिट्टी आईरन रडहरु स्तरीय तथा स्टिमेट अुसार प्रयोग भएकोले हामीले यस अघि कुनै प्रतिक्रिया जनाएनौं ।’

मल्लले भने, निर्माणको काममा भएको लापरबाहीलाई रोक्न आग्रह गदैं हामीले जिल्ला जनस्वास्थ्य कार्यालय तथा शहरी विकास तथा भबन डिभिजन कार्यालयलाई जनाकारी गराएर केही दिन काम रोक्न आग्रह गरेका थियौँ । र हिँजो जेठ १६ गते शहरी बिकास तथा भबन डिभिजन कार्यालय बागलुङका ईन्जीनियर तेजेन्द्र शर्मा सहितको टोलीले उक्त निर्माणाधीन स्बास्थ्य केन्द्रको स्थलगत अबलोकन तथा निरीक्षण गरेका छन् । निर्माण कम्पनीले ढलानको समयमा बिद्युत नभएकोले भाईब्रेटर लगाउन समस्या भएको बताएको छ ।

यसैबीच निर्माण कम्पनिका प्रतिनिधी, प्राथमिक स्बास्थ्य केन्द्र ब्यबस्थापन तथा सञ्चालन समिति तथा जनप्रतिनिधी सरोकारबाला, सहितको भेला बसेर निर्माणको काम अगाडि बढाउने सहमति भएको स्थानीय समाजसेवी दिनेश खत्रीले ईबागलुङलाई बताए ।

कम्पनिका प्रतिनिधी गोविन्द पुनका अनुसार ढलानको समयमा बिद्युतको समस्या भएकोले भाईब्रेटर लगाउन समस्या भएको तर अहिले डिजल बाट चल्ने भाईब्रेटर ल्याउने काम भैरहेको छ ।

भेलाले निर्माण कम्पनिले आयोजनाको नाम लागत तथा अबधि सहितको होडिङबोर्ड राख्ने, भाईब्रेटर लगाउने, स्टिमेट अनुसारको सामान प्रयोग गर्ने भवन निर्माणको क्रममा क्षति भएका संरचना प्रबेशव्दार निर्माण गर्ने तथा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने बाटोको निर्माण गर्ने लगाएतका सहमतिका आधारमा काम अगाडि बढाउने सहमति भएको गल्कोट प्राथमकि स्वास्थ्य केन्द्र ब्यबस्थापन समितिका सदस्य छम बहादुर खत्रीले जनाकारी दिए ।

रु ३ लाख भन्दा बढीको योजनामा निर्माण स्थलमा सबै विवरण खुल्ने गरी होर्डिङ बोर्ड राख्नु पर्ने नराखिएको स्थानीयको गुनासो प्रति निर्माण कम्पनिका प्रतिनिधी पुनले होर्डिङ बोर्डको स्ट्याण्ड बनाउने काम भैरहेको बताए ।

निर्माणाधीन प्राथमिक स्बास्थ्य केन्द्रको २ तले भवनमा २८ ओटा कोठाहरु रहने छन् ।

तस्वीर- दिनेश खत्री,गल्कोट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *