एकीकृत सेवा केन्द्रको आयोजनामा इलाका स्तरिय बिपत व्यबस्थापन अन्तरक्रिया सम्पन्न !

योगेन्द्र बिश्वकर्मा बुर्तिबाङ २०७५जेठ १६ । एकीकुत सेवा केन्द्र बुर्तिबाङको आयोजनामा जोखिमयुक्त ठाउको पहिचान बिपत ब्यबस्थापन उद्दार र राहत कार्यलाई कसरी सहज बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको छ ।

आज ढोरपाटन नगरपालिकाका प्रमुख प्रसासकीय अधिकुत धनप्राद पाखे्रल तमानखोला गाउपालिका प्रमुख प्रसासकीय अधिकुत कमलप्रसाद गौतम निसीखोला गाउपालिकाका प्रमुख प्रसासकीय अधिकुत सुुशिल पनेरु साथै ४ वटा पालिका भित्र रहेका इलाका प्रहरी कार्यालय बिभिन्न प्रहरी चौकीका प्रमुख बिभिन्न राजनैतिक दलका प्रमुख एबम् प्रतिनिधी उद्योग बाणिज्य सँघ रेडक्रसका प्रमुख एबम् प्रतिनिधी पत्रकार लगाएको सहभागिता बिपत ब्यबस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापाले बिगतका समयमा बर्षातको बेला बाढीले धनजनको ठुलो क्षेती पु¥याएको हुदा त्यतिबेला बिपत ब्यबस्थापन र राहातको काम प्रभावकारी नभएकोले अबका दिनमा पहिलेनै यस सम्बधी सचेतनामुलक कार्यक्रम गर्दैै जोखिम युक्त ठाउ पहिचान गरि त्यस ठाउमा आइपर्ने दैवी प्रकोप बाढी पैहिरो आएको समयमा तुरुन्त उद्दार राहतका कार्यलाई प्रभाबकारी बनाउने लगाएतका बिषयमा जानकारी गराएका थिए ।

प्रमुख थापाले प्रत्येक पालिकाले यस सम्बन्धी जानकारी आफ्नो पालिकामा र वडा क्लब संघ सस्थालाई जानकारी गराइ आफ्नो एरियामा बिपतको बेला उद्दार र राहतको कार्यमा जनशक्ति र कार्ययोजना बनाई एकीकृृत सेवाकेन्द्र बुर्तिबाङमा ७ दिन भित्र बुझाउन जानकारी गाराएका थिए ।

सडक बिस्तार र ढल निकास लगाएका बिकासको काम गर्नेक्रममा धेरै ठाउहरु बिपतको जोखिम भएको हुदा यस्ता ठाउँको पहिचान गरि जनशक्ति तयार राहात संकलन लगाएको कार्यमा सक्रियता बढाउनको लागि आफुहरु तुरुन्तै आफ्नो पालिकामा सक्रियता बढाउने प्रमुख प्रसासकीय अधिकृतहरुले प्रतिबद्दद्धता जनाएका थिए ।

कार्यक्रममा एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापाको अध्यक्षता एकीकृत सेवा केन्द्र बुर्तिबाङका नायब सुब्बा लोकबहादुर कुँवरको सञ्चालमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *