Menu

प्रजिअ खरेलव्दारा जिल्ला प्रहरी कार्यालयको निरीक्षण

बागलुङ २०७५ जेठ १६ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जनताको काम छिटो छरितोरुपमा सम्पन्न गरी सेवा प्रवाह गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

आज विहान जिल्ला प्रहरी कार्यालय बागलुङको निरीक्षण पछी प्रजिअ खरेलले सेवाग्राहीको समस्या बुझेर जतिसक्दो छिटो उनिहरुको समस्यालाई सम्वोधन गर्नु पर्ने बताए ।

प्रजिअ खरेलले जिल्ला प्रहरी कार्यालयमा रहेको सीसी क्यामरा व्यवस्थापन कक्ष, नागरिक सहयोग कक्ष लगायतको निरीक्षण अवलोकन गरी त्यसबारे जानकारी लिएका थिए ।

जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरीक्षक दीपक रेग्मी तथा प्रहरी नायब उपरीक्षक विश्वराज सिँह थापाले प्रजिअ खरेलको स्वागत गरेका थिए ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *