यात्रा संस्मरण : आवर ट्रेक टु ब्यूटीफुल घान्द्रुक !

सुमन जिसी,

धौलागीरी बहुमुखी क्याम्पस विविएस प्रथम वर्ष (अंग्रेजी माध्यम) मा अध्ययनरत म सुमन जि.सी र मेरा मिल्ने साथीहरु राम थापा, जेनीस हमाल ठकुरी, राजकुमार क्षेत्री, विद्या जि.सी, रेनु जि.सी, अनु जि.सी, मनिषा बराईली, साबित्री कँडेल, सुस्मिता बोहोरा, मुना रिजाल, दीपिका जि.सी र मेनुका थापाको टिम आफ्नो काम जीवन र कलेज लाईफबाट छोटो ब्रेक लिने सोच बनाउन लागेको पनि धैरै समय भईसकेको थियो । कहिले कसको के नमिल्ने त कहिले कसैको कार्य व्यस्तता जीवन विस्तारै वेनामी र ढिलो चलेजस्तो आभास हामस्लाई भइरहेको थियो । सबैको दिनचर्या विहानै उठ कलेज जाउ, दिनमा अफिस भएकाहरु अफिस जाने नभएकाहरु दैनिक व्यक्तिगत कार्य गरेर बस्ने गरी चलिरहेको थियो । धौलागिरी बहुमुखी क्याम्पस विविएस प्रथम वर्षको सुरुवात देखिनै हामी केही केटा साथीहरु घुम्न जाने प्लान बनाईरहेका थियौ तर त्यो प्रथम वर्षको अन्त्य हुन लागि सक्दा पनि कुरा मै सीमित रहिरहेको थियो । मलाई लाग्छ घुम्न भनेपछि रहर नलाग्ने मानिसहरु कमै मात्रमा होलान, घुम्ने अथाह ईच्छा भएको व्यक्तिमा म पनि पर्ने गर्छु । मलाई विशेष गरेर एडभेन्चर, ट्रेकीङ र हिमालहरु नजिकबाट हेर्ने ठुलो रहर भनम् वा सपना त्यो मेरो मनमा सधै हुन्छ । बागलुङ बजारबाट देखिने धौलागिरी हिमाललाई सफा मौसममा देख्दा छुट्टै उर्जा भरिएर आउछ मेरो मनमा । हिमाल देख्यो कि क्यामेरामा तस्विर कैद गर्न मन लागिहाल्छ । मेरो जीवनमा उर्जा भर्ने एकमात्र तरिका भनेको नि:सन्देह यात्रा हो । यात्रा गर्दा म धैरै नै उत्साहित हुने गर्दछु र जीवनमा भएका सबै कुराहरु त्यो यात्राले विर्साईदिने गर्दछ ।

यस्तै यात्रा अथवा घुम्ने विषयहरु कलेज लाईफमा धैरै उठ्ने गर्छन त्यसमा थौरै मात्र सफल हुन्छन् भने धैरै कुरामै सीमित रहन्छन् । हामीहरुको घुम्न जाने भन्ने विषय पनि लामै समयदेखि कुरा मै सीमित भईरहेको थियो । यहि क्रम चलिरहेको थियो एक्कासी फेरी साथीहरुबाट शनिवार आउदै छ घुम्न जाउ भन्ने कुरा चल्यो । घुम्न त जाने कहा जाने भन्ने विषय महत्वपूर्ण थियो धैरै केटी साथीहरु भएकाले सबैले विहान जाने र बेलुका फर्कने गरेर जानुपर्छ भनिरहेका थिए त्यही कुरा चलिरहदा त्यस्तो ठाउँ त जिल्ला भित्र त्यो पनि बजारको आसपासको क्षेत्रमा मात्र जान सकिन्छ भन्ने सबैको बोली थियो । त्यो भनेको जिल्ला सदरमुकाम केही दुरीमा रहेको पर्यटकीय सुन्दर गाउँ भकुण्डे थियो । तर हामी केही केटा साथीहरु कलेजको सुरुवात देखिनै घान्द्रकु र पुन हिल जाने भन्ने सोच गराईराखेका थियौ । अव पुन हिल जाने भन्ने त एक दिनमा सम्भव हुने कुरा भएन सबैजनाको कुरा एक दिनमा जाने र फर्कने गरी मिलाउनु पर्छ भन्ने थियो । केहि समय अगाडि मेरो अफिसका साथीहरु १ दिनमै घान्द्रुक पुगेर आएको मलाई याद थियो र मैले सोचे १ दिनमा जाने र आउने त घान्द्रुक नै हुन्छ । मेरो पहिल्यै देखिको रहर पनी त्यो ठाउँमा जाने थियो यहि मौका पारेर घान्द्रुक जाउँ न त भनी मैले सबै साथीहरुलाई प्रस्ताव राखे । यहि जेठ १३ गते शनिवारको दिन विहानै ५ बजे हामी घान्द्रुक जाने निर्णय भए पछी हामी १३ जना (जसमा ९ जना केटी र ४ जना केटा) एउटा बस रिर्जभ गरी घान्द्रुकका लागि प्रस्थान ग-यौँ ।
मनमा छुट्टै उत्साह थियो धैरै समयपछि त्यस ठाउँमा जाने सपना साकार हुदै थियो त्यस माथि पनि सबै मिल्ने साथीहरु सबैको मन फुरुङ्ग थियो । बागलुङ देखि घान्द्रुकको यात्रा त्यो पनि ठुलो बसमा थौरै असहज नै थियो, बाटो पुर्ननिर्माण हुदै गरेको र यात्राको अधिकांश बाटो अफरोड थियो तर पनि सबैलाई घान्द्रकु पुगेर त्यहाँको मनमोहक दृश्य, संस्कृती र हिमाल हेर्नै चाहानाले कसैले असहज महसूस गरेको पाईएन ।

करिब २ घण्टा ३० मिनेटको रमाईलो यात्रा पश्चात हामीहरु घान्द्रकु पुग्यौ । हामीले चढेको बस गन्तव्यसम्म पुग्न नसक्ने भयो किन भने त्यस ठाउँमा पनि बाटो पुर्ननिर्माण हुदै गरेकाले त्यस ठाउँभन्दा माथी गाडी जादैन भन्ने त्यहाँका स्थानीयहरुले हामीलाई खबर गरेपछि हामीहरु त्यही लान्द्रुक भन्ने ठाउँबाट घान्द्रुकसम्म ट्रेकिङ जानुपर्ने भयो । हामीहरु यहाँबाट जे सोचेर गएका थियौ त्यो भन्दा धैरै हिड्नु पर्ने भयो भन्दा हामीसंग गएका केही साथीहरु अफ्ठेरो महसूस गरीरहेका थिए तर मेरो मन निकै खुसी भईरहेको थियो मलाई ट्रेकिङ निकै नै मन पर्दछ त्यो पनि घान्द्रकु हुदै पुन हिलसम्म ट्रेक जाने मेरो पहिल्यै देखिको रहर थियो । त्यो रहर घान्द्रुकसम्म भए पनि पुरा हुने भयो भनी मैले मनमनै सोचिरहेको थिए र साथीहरुलाई पनि ट्रेकिङ नै मज्जा आउछ भनिरहेको थिए । हामप् चढेको बस ड्राईभरले घान्द्रुक पुग्नका लागि यहाँबाट १ घण्टा ३० मिनेट जती हिड्नुपर्दछ भनेपछि हामीहरु बसबाट आफ्नो व्यागहरु लिई हिड्न सुरु ग-यौँ । लान्द्रुकबाट हिड्न सुरु भयो ट्रेकीङका लागि बनाएको सुन्दर बाटो त्यसमाथी प्रकृतिक सौन्दर्यले भरीपूर्ण ठाउँहरु देख्दा हामीहरु सबैको मन खुसी थियो । मेरो विचारमा घुम्नुको मुख्य उद्देश्य त्यहाँका तस्विरहरु क्यामेरामा कैद गर्ने हुन्छ त्यो हामीहरुको यात्रामा पनि लागु भयो । हामी जब हिड्न सुरु ग-यौँ सबैले त्यहाँको मनोरम दृश्यहरुका तस्विरहरु लिन सुरु ग-यौँ ।

यात्राको क्रममा आफुले आफैलाई प्रतिविम्वित गर्न धैरै समय मिल्छ यो यात्राको सबैभन्दा राम्रो भाग हो । कलेज लाईफ, फुल टाईम जव र केही आफुलाई मन पर्ने कार्यहरु गर्दा गर्दै म त्यसैमा हराएको र खाली महसूस गरिरहेको थिए । मैले कतै पढेको थिए गहिरो सोचका लागि यात्रा उत्प्रेरक हुन्छ भन्ने । खैर आफ्नो ठाउँमा तनावपूर्ण पनि हुनसक्छ तर तनावपूर्ण भएपनी त्यो दैनिक जीवनमा हुने तनाव भन्दा फरक सकरात्मक तनाव हुन्छ जस्तो मलाई लाग्छ । जव हामीहरु घान्द्रुक पुग्नका लागि माथि चढिरहेका थियौ बाटोमा धैरै आन्तरिक तथा वाह्य पर्यटकहरु देख्न पाईन्थ्यो कोही माथी चढिराखेका थिए त कोही फर्कदै थिए । तर हामी सबै बिचमा एउटा साझा लक्ष्य थियो आफ्नो गन्तव्यमा पुग्ने उत्साह ।
यात्राको क्रममा हामीले त्यसठाउँमा खच्चडहरु देखिए । त्यस ठाउँमा यातायातको साधन नपुगीसकेकाले खच्चडबाटै खाद्यान्न लगाएतका आवश्यक सामाग्रीहरु पु-याउने गरेको बुझ्न सकिन्थ्यो । त्यहाँ खच्चडहरुको सुन्दर दृश्य देख्दा मलाई मेरो वाल्यकालको याद आयो मेरो जन्मगाउँ काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा पनि म सानो छदा यातायातको साधन नपुगीसकेकाले यस्तै लाम लागेर खच्चडहरु घण्टी बजाउदै सामान बोकेर हिड्ने गर्दर्थे । खच्चडको घण्टी सुनेर हामीहरु खच्चड हेर्न बाटोमा पुग्थ्यौ त्यो बाल्यकालको क्षण अहिले घान्द्रकु पुगेर प्रतिविम्वित भयो । खच्चडहरु लाम लागेर हिडेको दृश्य निकै सुन्दर देखिन्थ्यो । करिब १ घण्टा ३० मिनेट लगातार उकालो चढेपछि हामीहरु वेलकम टु आवर ब्यूटीफुल भिलेज टिएमसी घान्द्रुक लेखेको गेटमा पुगियो सबैजना उकालो चढ्दा थाकेका थिए तर त्यो गेट देखेपछि सबैमा थकान कम भयो र सबैजना उत्साहित भयौं र राहतको स्वास फे-यौं । त्यहाँ पुग्दा करिब १० बजी सकेको थियो र हामीहरु सबैजनालाई भोक पनि लागिसकेको थियो । वेलकम गेटबाट केही समय हिडेपछि हामीहरुले खानाका लागि एउटा होटलमा पुग्यौं र त्यहाँ केही समय विश्राम लिने सबैको निर्णय भयो ।

कास्की जिल्लामा पर्ने यो सुन्दर गाउँ जहाँ अधिकाशं गुरुङ समुदायको बसोबास रहेको छ, यो सुन्दर गाउँ सुमुन्द्री सतहबाट २०१२ मिटरको उचाईमा अवस्थित छ । विशेष गरेरे अन्नपूर्ण बेसक्याम्प ट्रेकका लागि उत्कृष्ट ठाउँको रुपमा परिचित यस ठाउँबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमाललाई नजिकैबाट हेर्न सकिन्छ । त्यसकारण यसलाई प्रकृतिको सुन्दर उपहारका रुपमा लिने गरिन्छ ।

हामीहरु होटलमा एकछिन विश्राम गरिसकेपछि खाना बन्न समय लाग्ने भएकाले केही ठाउँहरु घुमेर खाना खाने सबैको सल्लाहा अनुसार हामी त्यहाँ अवस्थित पुरानो गुरुङ संग्रहालय हेर्न तर्फ लाग्यौं । त्यहाँ गुरुङ समुदायको संस्कृती झल्कने विभिन्न खालका सामाग्रीहरु राखिएको रहेछ । त्यसको अवलोकन पश्चात हामीहरु सबैजनाले गुरुङ भेषभुषामा तस्विर लिने सोँच अनुसार त्यस ठाउँमै सबैले गुरुङ संस्कृतीको पोषाक लगाएर क्यामेरामा तस्विर कैद गर्ने कार्य ग-यौ । करिब १ बजे खाना खाए पश्चात हामीहरु त्यस ठाउँको प्रख्यात पुरानो गाउँ हेर्न तर्फ लाग्यौ उक्त गाउँ हेर्दा निकै नै आनन्दित खालको थियो । सबै एउटै खालको मिलेका घर माथीवाट हेर्दा सुन्दर देखिने गाउँ त्यो देख्दा मलाई वाह यो पो हो सुन्दरता जस्तो लाग्यो । हामीहरु उक्त गाउँको अवलोकन पश्चात त्याहाँ रहेका चिया वगान अवलोकनमा जाने सल्लाहा अनुसार हामीहरु गन्तव्य तर्फ लाग्यौ तर बिच बाटोमा पुगेपछि मौसम खराब भएकाले पानी परेकाले हामीहरु त्यो ठाउँसम्म पुग्न नसकि फर्कन पर्ने स्थिती सिर्जना भयो ।

समय छोटो त्यसमाथि मौसम खराब भएको कारणले त्यस ठाउँको सबै सुन्दरता हेर्नबाट हामीहरु चुक्यौ । दुर्भाग्य भन्नु पर्छ हामी त्यहाँ पुग्दा हिमाललाई बादलले लगभग ढाकीसकेको थियो । मेरो ठुलो ईच्छा थियो नजिकबाट हिमाल हेर्ने त्यो राम्रोसंग पुरा हुन सकेन । करिब ४ बजिसकेको थियो विचबाटोबाटै फर्के पश्चात हामीहरुको १ दिनको मात्र यात्र रहेको र सबैलाई घरमा समयमा आउनका लागि आग्रह गरेका कारणले हामीहरु समयमै फर्कन पर्ने बाध्यता पनि थियो । त्यसमाथि पुन १ घण्टा ३० मिनेट आरालो झर्नुपर्ने पनी थियो दिनभरको थकाई महसूुस गर्दै सम्पूर्ण साथीहरु फर्कर्ने क्रममा पनि त्यस ठाउँमा देखिने लोभलाग्दा दृश्यहरुमा तस्विर लिदै रमाउदै ओरालो लाग्यौ । पानी परीरहेको थियो केही साथीहरुसंग छाता थियो त केही साथीहरु रुझदै ओरालो झरिरहेका थियौँ । ओरालो भएका कारणले करिब १ घण्टा हिडेपछि हामीहरु गाडी भएको ठाउँमा आईपुग्यौँ र घान्द्रुकलाई विदा गर्दै बागलुङ फर्कियौँ ।

शहरको धुलो धुँवा, हलचल र अव्यवस्थित जीवनका विचबाटा निकालेको १ दिनको समय निकै रमाईलो र फलदायी भएको महसूस मलाई भएको छ । यो समग्र यात्राबाट त्यस क्षेत्रका मानिसहरुको जीवनशैली, त्यहाँका प्रत्येक कुराहरुले नेपालको पुरानो संस्कृतीलाई झल्काईरहेको देख्न पाउदा हामी प्राकृतिक र सास्कृतिक दुबै रुपमा धैरैनै धनी छौं जस्तो महसूस भयो ।

यो त एउटा सानो उदाहरण मात्र हो, नेपालमा यस्ता ठाउँहरु त गणना गर्न नसकिने नै छन् । विदेशीहरुले कृत्रिम झरना, हिमालहरु र यस्ता गाउँ बस्तीहरु निर्माण गरी आफ्नो देशमा पर्यटकहरु आकर्षित गर्छन । नेपालमा प्रकृतीले दिएको यती धैरै कहिल्यै हेरेर नसकिने अग्ला हिमाल, पर्वतारोहण, झरना, प्राकृतीक तथा सास्कृतिक सम्पदा, ऐतिहासिक महत्वका मठ, मन्दिर, गुम्बाहरु, वन जंगल, गाउँ बस्ती हुँदा हुदै पनी यथोचित उपयोग र पर्यटकीय स्थानहरुको विकास तथा प्रवद्र्धनका लागि स्पष्ट खाका नहुदा आर्थिक विकासको एउटा महत्वपूर्ण पाटो पर्यटन व्यवसाय ओझेलमा परेको छ ।

जलश्रोत, कृषि र सेवा क्षेत्रका साथै पर्यटनलाई सुदृढ गराउदै लैजान सकेमा अहिले भाषणमा धैरै सुनिने आर्थिक समृद्धि धैरै टाढाको विषय होईन त्यसैले पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर स्पष्ट खाका निर्माण गरी कार्यान्वयनमा लैजाने हो भने नेपालको पर्यटन क्षेत्र बाह्रैमास दुध दिने दुधालु भँैसी बन्न सक्छ । अस्तु,

बागलुङ
२०७५ जेठ १६ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *