दुदिलाभाटी स्वास्थ चौकीमा सामाजिक परिक्षण कार्यक्रम

गुमानसिँह भण्डारी गल्कोट २०७५ जेठ १५ । दुदिलाभाटी स्वास्थ चौकीमा सामाजिक परिक्षण कार्यक्रमको उदघाटन गर्दै गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले स्वास्थ क्षेत्रलाई अबको बजेटमा समावेश गर्ने बताए । । उनले स्वास्थ मानिसको संबेदनशील बिषय भएका कारण यसको ब्यवस्थापनका लागी नगरपालिका सकरात्मक भएको उल्लेख गरे ।

कार्यक्रममा स्वास्थ सस्थाबाट प्रदान हुने सेवा, सुबिधा, निति नियम, कार्यक्रम कार्यान्वयन, ब्यवहार, स्रोत परिचालनको नियमितता, पारदर्शिता, प्रभावकारीताका बिषयमा सेवाग्राही, सेवाप्रदायक र सरोकारबालाहरुको धारणाका आधारमा गरिने कार्यक्रम भएको गलकोट सामुदायीक प्रहरी सेवा केन्द्रले जनाएको छ ।

जिल्ला जनस्वास्थ कार्यालय बागलुङको आर्थिक सहयोग र गलकोट सामुदायीक सेवा केन्द्रको आयोजनामा सञ्चालन गरिएको कार्यक्रम दुदिलाभाटी स्वास्थ चौकी ब्यवस्थापन समितिका अध्यक्ष नेत्र बुढाथोकि अध्यक्षता, सदस्य पदम कार्कीको स्वागत मन्तब्य र दुर्गा पुनको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको सहजिकरण सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले गरेकी थिईन ।

कार्यक्रममा गल्कोट नगरपालिकाका कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदी र स्वास्थ संयोजक मिनराज गैरेले प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा दुदिलाभाटीका करिब १ सय बढिको सहभागीता रहेको थियो ।

कार्यक्रममा ईन्द्रा खड्का, भिम भण्डारी, गुमानसिह बुढाथोकी, सुवेदार हिम बहादुर खड्का, नवज्योति बचत तथा ऋण सहकारीका अध्यक्ष धना खत्री, महिला स्वास्थ स्वयम् सेबिका हरिमाया सुवेदी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *