Menu

निसीखोलामा तरुण दलको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बागलुङ, २०७५ जेठ १५ । नेपाल तरुण दल निसीखोला गाउँपालिकाको तरुण भेला तथा प्रशिक्षण कार्यक्रम निसीखोला गाउँपालिकाको जुग्जाखोलामा सम्पन्न भएको छ । भेलाको उदघाट्न गर्दै नेपाल तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा बाबुले श्रम गर्ने क्षमता र हातमा सीप भएका युवाहरूलाई देशमै बसेर काम गर्ने वातावरण सृजना भएमा मात्र समृद्धिको सपना साकार हुने बताए। उनले समाजको बिकासका निम्ति तरुण युवाहरूलाई जागरुक हुन आग्रह गरे।

तरुण दलले जिल्लाका सबै स्थानीय तहमा भेला तथा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ शर्मा उपाध्यक्ष शोभा कुमारी कार्की काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेबिसंघका पुर्व केन्द्रिय सदस्य जीत शेरचन,नेबिसंघका केन्द्रिय सहमहामन्त्री हरिहर शर्मा, काङ्ग्रेसका जिल्ला सदस्य प्रकाश कुँवर, ट्रेड युनियन काङ्ग्रेस प्रदेश नम्बर ४का उपाध्यक्ष रामप्रसाद अधिकारी, काङ्ग्रेस निसीखोलाका संयोजक तथा वडा नम्बर १ का अध्यक्ष ईन्द्र बहादुर मल्ल लगायतले मन्तव्य व्यक्त गरेका थिए।

गाउँपालिका भित्रका तरुण युवा तथा काङ्ग्रेस सुभेच्छुक सहभागी रहेको कार्यक्रममा नेबि संघका केन्द्रिय सहमहामन्त्री हरिहर शर्मा र पुर्व केन्द्रिय सदस्य तथा युवा नेता जित बहादुर शेरचनले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम तरुण दल निसिखोलाका अध्यक्ष दिपक थापाको अध्यक्षता सदस्य हेमराज सापकोटाको स्वागत र सहसचिव चिरञ्जीवी पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *