Menu

बुर्तिवाङ स्थित रेडियो परिवर्तनले यसरी मनाउदै छ, सातौँ वार्षिकोत्सव (तस्वीर)

धनबहादुर महत, बुर्तिबाङ २०७५ जेठ १५ । बागलुङ जिल्लामा सक्रिय र जनउत्तरदायी भूमिकामा पश्चिम बुर्तिवाङबाट प्रशारण भैरहेको सामुदायिक रेडियो परिवर्तन अग्रणी स्थानमा छ । सूचना र सञ्चारको संसारमा ईलेक्ट्रोनिक सञ्चार माध्यम रेडियो सचालन गरेको जनसञ्चार सहकारी संस्थाले ४ सय बढी सदस्यमार्फत जनताको सूचनाको हक स्थापित गर्दै आएको छ ।

देशभर एघारौं गणतन्त्र दिवस मनाइरहँदा बुर्तिबाङमा स्थापना भएको सामुदायिक रेडियो परिर्तनले आफ्नो सातौं स्थापना दिवस अर्थात वार्षिकोत्सव मनाइरहेको छ ।
यसै सन्दर्भमा आज रेडियोले सामाजिक उत्तरदायित्वसँग जोडिएर प्राथमिक स्वास्थ्य केन्द्रका रहेका विरामीहरुका लागि फलफूल वितरण तथा उत्तरगंगा माध्यमिक विद्यालयका रहेको अपाँगता भएका बालबालिका रहने छात्रबासमा खाद्यान्न वितरण गरेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रका रहेका विरामीहरुलाई फलफूल वितरण गर्नु आफैमा महत्वपूर्ण कार्य भएको स्वास्थ्य केन्द्रका ईञ्चार्ज डा विजय श्रेष्ठले बताए । यसरी नै हरेक संघ संस्थाले स्वास्थ्य सेवासँग जोडिएर गतिविधिहरु गर्नु पर्ने उनको भनाई थियो ।


उता उत्तरगंगा माध्यमिक विद्यालयमा रहेको अपाँगता भएका विद्यार्थी रहने छात्रबासमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडाबहादुर कुवँर तथा निमित्त प्रधानाध्यापक निमबहादुर जिसीमार्फत रेडियोका अध्यक्ष निमलाल पाण्डे तथा प्रवन्ध निर्देशक लोकेन्द्र सुनारव्दारा खाद्यन्न सामाग्री हस्तान्तरण गरिएको थियो । यसरी अपाँगता भएका वालवालिकाका लागि खाद्यन्न सामाग्री हस्तान्तरण गर्नु रेडियोको सामाजिक उत्तरदायित्वको कार्यक्रम सरहनीय रहेको भन्दै अध्यक्ष कुवँर तथा निप्रअ जिसीले रेडियोलाई धन्यवाद त्रापन गरेका थिए ।

रेडियोको वासर्षकोत्सवकै अवसरमा भोलि बुर्तिबाङ बजारमा ट्राफिक सचेतना सम्बन्धी जानाकारीमूलक बोर्ड राख्ने कार्यक्रम रहेको रेडियोका स्टेशन म्यानेजर राम सुवेदीले बताए । उनका अनुसार बुर्तिबाङ स्थित इलाका प्रहरी कार्यालय बुर्तिबाङ र रेडियोको संयुक्त सहकार्यमा उक्त कार्यक्रम हुने जानकारी दिए । रेडियोको वार्षिकोत्सवकै सन्दर्भमा निसीखोलाको झिवाखोलामा पनि ट्राफिक सचेतनामुलक वोर्ड राख्ने तयारी रहेको छ । उक्त स्थानमा रेडियोका सञ्चालक उमालाल पौडेलको सहयोगमा इलाका प्रहरी कार्यालय झिवाखोलासँग सहकार्य गरी बोर्ड राख्ने कार्यक्रम तय भएको छ ।

२०६८ सालमा स्थापना भएको यस रेडियोले स्थापना कालदेखिनै समाजिक उत्तरदायित्वसँग जोडिएर हरेक वर्ष विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अघिल्ला वर्षमा पनि रेडियोले आफ्नो बार्षिकोत्सव कार्यक्रमसँगै, देशमा भुकम्पले क्षति पु¥याउँदा बागलुङ जिल्लामा मृत्यू भएका १३ जनाका परिवारका लागि स्वदेश तथा विदेशमा राहत संकलन गरि वितरण, पश्चिम क्षेत्रमा आगलागीमा परी पिडित भएका नागरिकका लागि खाद्यन्न वितरण, विरामीहरुलाई फलफूल वितरण, प्राथमिक स्वास्थ्य केन्द्रका प्रसुति सल्यक्रिया गर्ने महिलाहरुका लागि रगत अभाव नहोस भनेर ब्लड डोनेशन, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम, विभिन्न सन्दर्भमा मिडिया र जनताको सम्बन्ध स्थापित गर्न अन्तरक्रिया कार्यक्रम, स्थानीय कला तथा प्रतिभा पहिचानका लागि परिवर्तन तारा लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *