आजको तस्बीर : गणतन्त्र दिवसको अवसरमा गल्कोट माबिमा बृक्षारोपण !

शव्द/चित्र गुमानसिँह भण्डारी,

गल्कोट २०७५ जेठ १५ । गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गणतन्त्र दिवसको अवसरमा बोल्दै राजाको छोरा देशको प्रमुख बन्ने मान्यतालाई हटाई जनताको छोरो प्रमुख बन्ने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुरु भएको बताएका छन् ।

गल्कोट माद्यमिक बिद्यालयले गणतन्त्र दिवसको अवसरमा आयोजना गणेशको बृक्ष्यारोपण कार्यक्रमलाई सम्बोधन गर्दै गैरेले यस्तो बताएका हुन् । उनले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै, जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्वपूर्ण घडी आएको बताए ।

कार्यक्रममा गल्कोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा, वडा नम्बर ३ का अध्यक्ष वीरजङ भण्डारी लगायतको सहभागिता रहेको गल्कोट माद्यमिक बिद्यालयका प्रध्यानाध्यापक देबेन्द्र खत्रीले बताए ।

यसैबिच गल्ल्कोट नगरपालिकाको कार्यालयले गणतन्त्र दिवसको अवसरमा गल्कोट हटिया स्थित आरोग्य अस्पताल, ईमरजेन्सी पोलिक्निक र गल्कोट अस्पतालमा भएका २० जना बिरामीहरुको स्वास्थ लाभको कामना गर्दै फलफुल बितरण गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *