बागलुङमा तीन दिवसीय कार्यक्रमको आयोजना गरी एघारौँ गणतन्त्र दिवस मनाईदै !

बागलुङ २०७५ जेठ १५ । जिल्ला समन्वय समिति र बागलुङ नगरपालिकाको आयोजनामा बागलुङ सदरमुकाममा एघारौँ गणतन्त्र दिवस मनाईदै छ ।

गणतन्त्र दिवसको मुख्य दिन आज विहान जुलुसले नगर परिक्रमा गरी धौलागिरी अन्चल अस्पतालका विरामीहरु र बागलुङ कारागारका कैदीबन्दीहरुलाई फलफुल वितरण गरिएको थियो । तत्पश्चात जिल्ला समन्वय समितिको कार्यालयमा गणतन्त्र दिवसको मुल समारोह सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी प्रजिअ बेदप्रसाद खरेलले गणतन्त्रको उपलव्धीका बारेमा चर्चा गर्दै यसलाई संस्थागत गर्न सबै संग आग्रह गरेका थिए ।

जिल्ला समन्वय समितिको प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाबाट कृष्ण पाठक, राजिब घिमिरे, राजमोबाट थानेश्वर सुवेदी, नयाँ शक्ति पार्टीबाट चित्र सापकोटा, संघीय समाजवादीबाट भक्तबहादुर बिक, नेपाल पत्रकार महासंघबाट सचिव राम थापा, उपभोक्ता मन्चबाट शैलेन्द्र श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

बागलुङमा गणतन्त्र दिवस हिँजो आज र भोलि गरी तीन दिवसीय कार्यक्रम गरी मनाईदै छ । सरकारले गणतन्त्र दिवसमा सार्वजनिक बिदा भने दिएन ।

तस्वीर सौजन्य : अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *