निलगिरी साकोसव्दारा सुत्केरी पोषण भत्ता प्रदान

बागलुङ २०७५ जेठ १४ । निलगिरी वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले सोमबार सुत्केरी पोषण भत्ता प्रदान गरेको छ । संस्थाले एक कार्यक्रमका बिच बानपा ११ रायडा“डा घर भई हाल बानपा २ निवासी शेयर सदस्य निरा शर्मा गौतमलाई भत्ता प्रदान गरिएको छ । शर्मा संस्थाका संचालक समितिका सदस्य प्राणनाथ गौतमकी श्रीमती हुन । “शेयर सदस्यसग“ सुख दुखमा हातेमोलो” भन्ने अभियानका साथ गौतमलाई नगद दुई हजार रुपैया“ प्रदान गरिएको छ । संस्थाका अध्यक्ष नारायण पौडेलले सुत्केरी पोषण भत्ता प्रदान गरेका हुन् ।

आफ्ना शेयर सदस्य खुशीयाली हर्ष बढाई तथा सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत पुत्रीलाभ भएकोमा शेयर सदस्य गौतमलाई सुत्केरी पोषण भत्ता हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष पौडेलले बताए ।

प्रत्येक एक जना शेयर सदस्यबाट एक रुपैँया संकलन गरी निमार्ण गरिएको सामाजिक सुरक्षा कोष अन्तर्गत महिला शेयर सदस्यहरु सुत्केरी पोषण भत्ता,एकाघर सदस्यको मृत्युमा समवेदना सहित राहत,शेयर सदस्यको मृत्यु भएमा र शेयर सदस्यलाई जटिल प्रकारका रोग लागेमा उपचारको लागि सक्दो सहयोग संस्थाले गर्दै आएको छ ।

संस्थाले सामाजिक सुरक्षा कोष अन्र्तगत बिभिन्न क्षेत्रमा सहयोग गर्ने अभियानलाई थप प्रभावकारी बनाउदै लैजानको लागि यस्ता कार्य गर्दै आएको संस्थाले जनाएको छ ।

सुत्केरी पोषण भत्ता हस्तान्तरण कार्यक्रममा संस्थाका संचालक समितिका उपाध्यक्ष डिल्लीप्रसाद गौतम, कोषाध्यक्ष कृष्ण शर्मा, संचालक समिति सदस्य रबि सुबेदी, लेखा समिति सदस्य नरेन्द्र कडेल र प्रबन्धक डिल्लीप्रसाद शर्मा लगाएको सहभागीता रहेको थियो । हस्तान्तरण कार्यक्रमको संचालन सचिव मिलन केसीले गर्नुभएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *