गौतमको अध्यक्षतामा १३ सदस्यीय सामुदायीक बन उपभोक्ता महासंघ गठन

गुमानसिँह भण्डारी, गल्कोट २०७५ जेठ १४ । सामुदायीक बन उपभोक्ता महासंघ नेपालको गल्कोट नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । गल्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको सम्मेलनमा फेको फनका जिल्ला कोषाध्यक्ष राज बहादुर थापा, गल्कोट नगरपालिकाका शिक्षा शाखाका दिनेश पन्त, गल्कोट नगरपालिका ३ का अध्यक्ष वीरजङ भण्डारी, वडा नम्बर ५ का अध्यक्ष नर बहादुर खत्री, वडा नम्बर ११ का अध्यक्ष डम्बर श्रीस, उपभोक्ताहरुको तर्फदेखि घनश्याम गौतम, महिलाहरुको तर्फदेखि सुमित्रा सापकोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सम्मेलनले घनश्याम गौतमको अध्यक्षतामा १३ सदस्यीय सामुदायीक बन उपभोक्ता महासंघ नेपालको गल्कोट समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा दुर्गादेवी बस्नेत, सचिवमा डम्बर बहादुर खत्री, सहसचिवमा पुतली केसी र कोषाध्यक्षमा देवी खत्री रहेका छन् । त्यस्तै समितीको सदस्यहरुमा जित बहादुर खत्री, रुपा बिक, छम कुमारी बस्नेत, कबिराज बोसेल, डिल बहादुर खत्री, कमला श्रीस, कर्ण बहादुर खत्री रहेका छन् । दुई सदस्य समितिको पहिलो बैठकले चयन गर्ने समितिका सचिव डम्बर बहादुर खत्रीले बताए ।

त्यस्तै जीवन भण्डारीको संयोजकत्वमा ५ सदस्यीय न्यायिक समिति, गुन्ज बहादुरु खत्रीको संयोजकत्व्मा लेखा समिती र राज बहादुर थापा, दिनेश पन्त, घनश्याम गौतम, कमला श्रीस र कल्पना भण्डारी केन्द्रिय प्रतिनिधि सदस्यमा चयन भएका छन । ्
कार्यक्रम पूर्व गल्कोट रेन्जपोष्ट स्तरिय सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष कोषन बहादुर बस्नेतको अध्यक्षता, राज थापाको स्वागत मन्तब्य र डम्बर बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *