बरेङ गाउपालिकामा छैठौ महिनावारी स्वच्छता दिवस सम्पन्न

बागलुङ २०७५ जेठ १४ । बरेङ गाँउपालिका वडा नं १ धुल्लुबास्कोट अरलाङटुङ र वडा नं २ हुग्दीशिर सानो दलेङका ३५ जना महिलाहरुको सहभागितामा छैठौ महिनावारी स्वच्छता दिवसको अवसरमा महिनावारी स्वच्छता तथा पुर्ण सरसफाई सम्बन्धी अभिमुखीकरण गोष्ठी सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा महिनावारी स्वच्छता तथा पूर्ण सरसफाई सम्बन्धी पिउनेपानी तथा महिलाहरु महिनावारी हुँदा सरसफाई सम्बन्धी ध्यान दिनु पर्ने कुराहरुको बारेमा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना वासका सहजकर्ता राम प्रसाद शर्मा र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका कोअर्डिनेटर सृजना गौतमले सहजीकरण गरेका थिए।

रेडियो बिहानीका स्टेशन कोअर्डिनेटर प्रकाश छन्त्यालको बिशेष उपस्थितीमा भएको कार्यक्रममा सर्बोदय माध्यमिक बिद्यालय बरेङका निमित्त प्रधानाध्यापक ठगराज शर्माको अध्यक्षता, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका कोअर्डिनेटर सृजना गौतमको स्वागत मन्तव्य, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना वासका सहजकर्ता राम प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *