Menu

तमानखोलाको तमान लाम्मेलामा असिना पानीले ५० प्रतिशत आलु बाली नष्ट !

बसन्त घर्तीमगर, तमान २०७५ जेठ १४ । दुई घण्टा देखी परेको असिना पानीले तमानखोला गाउपालिकामा आलु खेतीलाई नोक्सान पारेको छ । फल लागेर भरखरै अलीअली खान थालेको आलु भारी असिनापानीले हानेपछी कृषकहरु चिन्तित बनेका छन् ।

ढोरपाटन जत्तिकै स्वादिष्ट आलु उत्पादन हुने तमान लाम्मेलामा असिना पानीले ५० प्रतिशत आलु उत्पादनमा ह्रास आउने कृषकहरुले बताएका छन् । आलु यस गाउँको प्रमुख बाली भित्र पर्दछ ।

तमानखोला गाउँपालिकाको साबिक बोँगादोभान र खुँखानी गाविसमा भने पानी परेको तर असिना नपरेको स्थानीयले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *