Menu

गल्कोट नरेठाँटीमा एक अर्को सहकारी पनि बन्द !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ जेठ १४ । सर्बसाधारणबाट संकलन गरेको बचत र सेयर रकम फिर्ता गरि गल्कोट नरेठाटीको सहकारी बन्द भएको छ । गल्कोट नगरपालिका २ नरेठाटीको फे्रण्डसिप बचत तथा ऋण सहकारी सस्था लिमिटेड गत २०७४ साल मंसिर देखि बन्द भएको छ ।

२०७१ सालमा डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता भई ४ लाखको सेयर रकमबाट सञ्चालन गरिएको संस्था कर्मचारी नभएपछि बन्द गर्नुपरेको सहकारीका अध्यक्ष घनश्याम कुबरले बताए । कुबरका अनुसार सुरुवाती चरणमा १६ जना सञ्चालक समितीहरुले १, १ लाख सेयर राखेर सहकारी चलाउने निर्णय अनुसार पहिलो चरणमा १६ जनाबाट २५, २५ हजार जम्मा गरेर सहकारी सञ्चालन गरिएको थियो । सहकारी चलाउदै गर्दा सहकारीका सञ्चालक समिति बिदेशिनु र कर्मचारी पनि नभएपछि सहकारीको कारोबार बन्द भएको कुवँरको भनाई थियो ।

हाल सहकारीका ३ जना सञ्चालक समिति मात्रै रहेको कुबरको भनाई छ । १६ जनाबाट संकलन गरिएको ४ लाख सेयर रकम र सर्वसाधारणबाट जम्मा भएको सम्पुर्ण बचत फिर्ता गरि कारोबार बन्द भएको सहकारीले जनाएको छ ।

सहकारीका उपाध्यक्ष बिष्णुप्रसाद गैरेले भने सहकारी बन्द भएको लामो समय सम्म पनि अध्यक्षले बैठक नबोलाएको गुनासो गरे । अध्यक्ष कुबरले भने अब नयाँ योजनाका साथ नयाँ कार्यसमिति चयन गरेर पुन सहकारी सञ्चालन गर्ने बताए । नरेठाटीका स्थानियले भने सहकारीको आम्दानी खर्चका बिषयमा स्पष्ट थाहा नभएको बताएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *