Menu

सामुदायिक वन उपभोक्ता महासंघ फलेवास शाखाको अध्यक्षमा सुवेदी

निर्मल पौडेल, पर्वत २०७६ जेठ १४ । पर्वत सामुदायिक वन उपभोक्ता महासंघ फलेवास नगरपालिकाको अध्यक्षमा परशुराम सुवेदी सर्वसम्मत रुपमा चयन भएका छन् । साबिक खानीगाउँ गाविसमा सम्पन्न भएको प्रथम अधिवेशनले परशुराम सुवेदीकोे अध्यक्ष्तामा नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा धनवहादुर थापा, सचिवमा प्रमिला पन्त, कोषाध्यक्षमा ज्योती सापकोटा र सदस्यहरमा लिला क्षेत्री, बसन्ती खत्री, सर्मिलाकुमारी खत्री, डिल्लीप्रसाद सापकोटा, सरस्वती शर्मा, देवशर्मा पौडेल, भगवती रेग्मी केशर पन्त, विष्णुवहादुर गुरुङ, धनकुमारी भुषाल, दयानिधी शर्मा, गंगादेवी चपाई, तारालाल क्षेत्री, विष्णु नेपाली, डिल्लीप्रसाद सुवेदी, सवित्रा सुनार चयन भएका छन् ।

अधिवेशनले न्यायिक समितिमा शकुन्तला सुनारको संयोजकत्वमा पाँच सदस्यीय समिति चयन गरेको छ । समितिको सदस्यमा वीरेन्द्र वि क, टिकाराम भुषाल, नरबहादुर भण्डारी, नन्दलाल शर्मालाई चयन गरेको छ । लेखा तथा अनुगमन समितिको संयोजकमा दिपक भट्टाराई चयन भएका छन् । समितिको सदस्यहरुमा विष्णु पौडेल, सुमित्रा वि क, कुमारी सुनार र विष्णु भण्डारी चयन भएका छन् । अधिवेशनले जिल्ला प्रतिनिधमिा परशुराम सुवेदी कविता वि।क, केशर पन्तलाई चयन गरिएको छ ।
त्यस्तै प्रदेश प्रतिनिधीमा परशुराम सुवेदी,प्रमिला पन्त र कविता वि क, देवीप्रसाद तिमील्सीना, भीम भुषाल, ज्याती सापकोटा, लकास सुवेदी र सकुन्तला सुनारलाई पठाउने निर्माण गरिएको छ ।

कार्यक्रमको उद्घाटन गदै फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणि शर्माले सामुदायिक बनलाई समृद्धिको अभियानमा अगाडी बढाउन नगरपालिकाले भूमिका खेल्ने भन्दै वन पैदावारलाई प्रयोगमा त्याउन सकेमात्र यस क्षेत्रको विकासमा टेवा पुग्ने वताए ।
कार्यक्रममा सहायक जिल्ला बन अधिकृत गोविन्द पौडेल, फलेवास नगरपालिका–८ ठानामौलाका वडा अध्यक्ष मानवहादुर कुवँर, सोडेक नेपालका अध्यक्ष देवीप्रसाद तिमील्सीना, र पूर्व जिल्ला लेखा अनुगमन समितिका संयोजक रामप्रसाद पौडेलले शुभकामना मन्तव्य राखेका थिए । परशुराम सुवेदीको अध्यक्ष्तामा सम्पन्न भएको कार्यक्रमको संचालन कविता विकले गरेकी थिइन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *