Menu

नेपाली कांग्रेसको भातृ संगठन तरुणदल ढोरपाटन नगरकमिटी गठन

छविलाल पाण्डे, बुर्तिबाङ २०७५ नेठ १४ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल ढोरपाटन नगरस्तरीय भेला तथा नगर कमिटी गठन कार्यक्रम आईतबार बुर्तिबाङमा सम्पन्न भएको छ । स्थानीय तहसंगै प्रत्यक गांउ नगरमा तथा वडा तहमा समेत आफनो संगठन बिस्तार गरिने कार्यक्रम अनुसार ढोरपाटन नगरपालीकामा समिती गठन गरिएको नेपाल तरुणदल जिल्ला सदस्य कृष्ण भण्डारीले बताए । भेलाले मदन गौचनको संयोजकत्वमा १९ सदस्यीय ढोरपाटन नगरकमिटी गठन गरेको छ । समितीको उपाध्यक्ष बिजय भण्डारी, दिर्तिय उपाध्यक्ष तेजिन्द्र कुमार भण्डारी, कोषादक्ष मिनु बिसि, सहसचिब बिरमान बिश्वकर्मा लगाएत अन्य पदाधिकारी रहेका छन् ।

कार्यक्रमका अबसरमा नेपाली कांग्रेसका यु्वा नेता तथा महाधिबेशन प्रतिनीधिले प्रशिक्षण मुलक मन्तब्य ब्यतm गर्दे कांग्रेस पार्टीलाई सक्रिय रुपमा आगामि चारबर्ष पछिको निर्वाचनमा जित हासिल गर्ने उदेश्य सहित जनताको मनजित्ने गरी काम गर्ने तरुण कार्यक्रतालाई आग्रह गर्दे पार्टिको, सिद्धान्त, निती नियम र कांग्रेस पार्टिले जनताका माझमा खेल्नुपर्ने भुमिका लगाएतका बिषयमा अवगत गराएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *